घोराहीमा नक्कली सई र असई पक्राउ

तुलसीपुर,१८ साउन

दाङको घोराहीमा २ जना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ दक्षिण कर्मटुवा निबासी ३० बर्षको सुरोज नेपाली र सल्यानको दार्मागाउँपालिका ४ भलचौर निबासी ३० बर्षका गोपाल मल्ल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

घोराहीको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेल र पाहुना गेष्ट हाउसमा गएर नेपालीले आफु प्रहरीको सई र मल्लले असई भएको भन्दै होटल संचालकलाई दुव्र्यवहार गर्नुका साथै मासिक रुपमा पैसा बुझाउनु पर्ने भन्दै धम्की दिएको आरोपमा पक्राउ गरेको प्रवक्रा खड्काले जानकारी दिए ।

उनिहरुलाई १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया