विषाक्त मदिरा सेवन गर्दा ८० जना भन्दा बढीको मृत्यु

  साउन १८, २०७७

काठमाडौ, १८ साउन ।
भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गरेका ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध घरलु मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

Advertisement

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवन गरी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । अवैध यस्तो मदिरा स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ । प्रहरीकाअनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको मृत्यु भएको छ ।

Advertisement

यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त रक्सी खाएर मृत्यु भएको प्रहरीले आसंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको सङ्ख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ ।पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिईएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस