तुलसीपुर उपमहानगरपालिकाका हाकीम अख्तियारको फन्दामा

  साउन १७, २०७७

दाङ, १७ साउन ।

Advertisement

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय अख्तियारको फन्दामा परेका परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जादै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा चेकजाच गरेको बताईएको छ ।

Advertisement

उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम भुक्तानी बापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।

प्रतिक्रिया दिनुहोस