प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना सङ्क्रमित हुनेको संख्या ७२ पुग्यो

काठमाडौ, १६ साउन ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना सङ्क्रमितको संख्या ७२ पुगेको जानकारी दिए । सङ्क्रमितहरूलाई बलम्बु स्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ । पहिले सङ्क्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उनको भनाई छ । सङ्क्रमितहरू मध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका छन् ।

सङ्क्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको उनको भनाई छ । यो संगै देशभर कोरोना सङ्क्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया