उग्रवादी समूहको आक्रमणमा परि भारतमा ३ सैनिकको मृत्यु

  साउन १५, २०७७

तुलसीपुर, १५ साउन 

Advertisement

भारतको मणिपुरमा सेना माथि घातक हमला गरिएको छ । आक्रमणमा तीन सैनिकको ज्यान गएको छ भने ६ जना सैनिक घाइते भएका छन् ।
चन्देल जिल्लामा पर्ने यस स्थानमा बुधवार राती आतंकारी समाूहले सैनिक माथि हमला गरेका थिए । घटना भएको स्थान दुर्गम पहाडी क्षेत्र हो ।

Advertisement

भारत म्यानमार सीमानामा उग्रवादी समूहहरू विरुद्धको अपरेशनको क्रममा एएसएस असम राइफल्सका सैनिक जवान मारिएका हुन् । घाईते सैनिकलाई पश्चिम जिल्लाको सैन्य अस्पतालमा भर्ना गरिएको छ।

Advertisement

सेनाले आतंककारीहरूको खोजीमा खोजी अभियान सञ्चालन गरिरहेको छ । यौ संगै भारत म्यानमार सीमामा सतर्कता बढाइएको भारतीय संचार माध्यमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस