तीन तला माथिबाट खसेर तुलसीपुरमा बालकको मृत्यु

तुलसीपुर, १३ साउन

तीन तला माथिबाट खसेर तुलसीपुरमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका –५ ‘ख’ लाइनमा भाडामा बस्दै आएका रथीक मियाका ३ बर्षका छोरा रियाज मिया रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

खेल्ने क्रममा तीन तला माथिबाट भुँइमा खसेर गम्भिर घाईते भएका बालकको उपचारका क्रममा  ९  बजे राति मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । पौने नौ बजे बालक खसेका थिए  ।

 

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया