ज्ञानज्योतीमा टोल सुरक्षा समिति गठन

  साउन १२, २०७७

तुलसीपुर, १२ साउन ।

Advertisement

तुलसीपुर क्षेत्रमा अपराधिक गतिविधि तथा लागु औषध दुव्र्यसनी न्युनीकरणका लागी टोल सुरक्षा समिति गठन अभियान जारी छ ।स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका कार्यालय ईलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा उपमहानगरका प्रत्येक टोलमा सुरक्षा समिति गठन गरिएको छ ।सोहि अनुरुप तुलसीपुर ६ ज्ञानज्योती मार्ग टोल विकास संस्थामा पनि टोल सुरक्षा समिति गठन गरिएको छ ।

Advertisement

टोलमा सम्पन्न भएको एक भेलाले वडा नम्वर ६ का वडा सदस्य यमुना परियारको संयोजकत्वमा टोल सुरक्षा समिति गठन गरिएको छ । जसको अध्यक्षमा सुसिला शर्मा, सदस्य सचिवमा धरम परियार चयन भएका छन् ।यस्तैगरी सदस्यहरुमा पुस्पा बस्नेत, प्रेम नेपाली, सुस्मिता चौधरी लगाएतका रहेका छन् । साथै समितिको सल्लाहकारमा लक्ष्मीराज गिरी, दरिभान डाँगी लगाएतका रहेको धरम नेपालीले जानकारी दिएका छन् । समितिले प्रहरी संग समन्वय र सहकार्य गरी टोल र समाजमा शान्ती सुरक्षा कायम गर्न विभिन्न गतिविधिहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस