दाङमा सार्वजनिक सवारी साधनको भाडा कुन ठाउँमा कति ?

  साउन १२, २०७७

लक्ष्मण विश्वकर्मा,

Advertisement

तुलसीपुर १२ साउन ।
दाङको घोराही तुलसीपुर सडक खण्डमा सन्चालन हुने सार्वजनिक यातायात सवारी भाडादर निर्धारण गरिएको छ । सरकारले हालै बृद्धि गरेको ५० प्रतिशतलाई आधार मानेर भाडादर निर्धारण गरिएको छ । बन्दाबन्दी हुनु भन्दा अगाडी कायम भएको भाडादरमा थप पचास प्रतिशत बृद्धि भएको छ । सोहि अनुसार घोराही तुलसीपुर सडक खण्डको भाडादर निर्धारण गरिएको जिल्ला सयुक्त यातायात प्रालि समितिका संयोजक घनश्याम बस्नेतले बताएका छन् ।उनका अनुसार तुलसीपुर देखी घोराही तर्फ जादा पर्सेनी १६ः५० रुपैया , विजौरी १८ः५०, हेमन्तापुर २५ः५०, बेलझुण्डी ३३ , दुधरास ३६ , मज्गै ४२, खैरा ४५, नारायणपुर ४९ः५० , सौडिकुलो ५९ , सर्रा ६६ र घोराही सम्म ८२ः५० रुपैया भाडा निर्धारण गरिएको छ ।
यस्तै घोराही देखी तुलसीपुर तर्फ आउदा सर्रा १६ः५०, गदुवागाउँ १९ः५०, अमराई २२ः५० ,सौडिकुलो २६ः ५०,नारायणपुर ३३ , खैरा ३७ : ५०, मज्गै ४२ , दुधरास ४५, बेलझुण्डी ५० , हेमन्तपुर ५५, विजौरी ६३ , पर्सेनी ७२ र तुलसीपुरसम्म ८२ः ५० रुपैया भाडादर निर्धारण गरिएको संयोजक बस्नेतले बताएका छन् ।उनले सरकारले तोकेको भाडादर भन्दा बढि पैसा कुनै यात्रु संग नलिन पनि यातायात मजदुरलाई आग्रह गरेका छन् ।
अम्विकेश्वरी सयुक्त राप्ती यातायात सेवा प्रालिका सचिव समेत रहेका बस्नेतले हाल कायम गरिएको भाडामा एक÷दुई रुपैया थोरै लिए केहि फरक नपर्ने बताएका छन् । तर यात्रुलाई मर्का पर्ने गरी बढि भाडा लिने र विवादमा आउने काम कसैले गर्न नहुने उनको भनाई छ ।यस प्रति सवै चालक र परिचालकले ध्यान दिनु पर्ने सुझाव दिदै सभ्य यातायात मजदुरको पहिचान दिन पनि उनले आग्रह गरेका छन् । साथै यात्रुहरु पनि ठगिनबाट बच्न सचेत हुनुपर्ने उनले बताएका छन् । यो भाडादरको नियम सरकारले अर्को निर्णय नगर्दा सम्म मान्य हुने जनाईएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस