विभिन्न अपराधमा संलग्न ७ जना सल्यानमा पक्राउ

  साउन १२, २०७७

तुलसीपुर, १२ साउन

Advertisement

अदालतबाट दोषी ठहर भइ फरार रहेका ७ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सवारी ज्यान मुद्वाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाको शेर बहादुर बस्नेत, जबरजस्ती करणी .मुद्दाको हिरालाल भन्ने लाल बहादुर शाहु, सार्वजनिक मुद्वाको राम बहादुर बुढाथोकी, जारी मुद्दाको सुनिता बुढा, लुटपिट मुद्वाको होम बहादुर बुढा र समबन्ध बिच्छेद मुद्वाको रेखा बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागी सल्यान जिल्ला अदालत उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस