अफगान बम आक्रमण कम्तिमा १३ को ज्यान गयो

जेठ १३, २०७४  |  ९८ पटक पढिएको

बीबीसी

पूर्वी अफगानी शहर खोष्टमा भएको आत्मघाती बम हमलामा कम्तिमा १३ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सूचना मन्त्रीका अनुसार घाइतेमध्ये कम्तिमा दुईजना बालबच्चा छन्। आक्रमणकारीले खोष्टको मध्य भागमा प्रहरी सवारी साधनलाई निशाना बनाएका थिए। आक्रमणको जिम्मा कसैले लिएको छैन तर तालेवान र इश्लामिक स्टेट भनेर चिनिएको समूहप्रति आशंका गरिएको छ।

बढ्दो हिंसा
शुक्रबार पनि कन्दहार प्रान्तस्थित सैन्य आधारमा भएको आक्रमणमा कम्तिमा १५ जना सिपाही मारिएका थिए। पछिल्लो समय अफगानिस्तानमा हिंसा बढेको छ र धेरैजसोमा तालेवान संलग्न छ। शनिबारको बम आक्रमण मुश्लिमहरुको एक महिना लामो रमादान ब्रतको पहिलो दिन भएको छ। तस्वीर कपीराइटEPAImage captionलडाकु खतरासँग जुझ्ने सुरक्षा र सैन्य फौजको क्षमतामाथि चिन्ता प्रकट गरिएको छ । अधिकारीहरुका अनुसार बम सैन्य आधार नजिकै बिस्फोट गराइएको थियो ।

तालेवान विरुद्धको अमेरिकी युद्ध कारवाही सन २०१४ मा अन्त्य भएको थियो तर विशेष फौजले अहिले पनि अफगानी सेनालाई सहयोग पुर्याउँदै आएको छ।  गत दुई वर्षमा तालेवानले उसको प्रभाव बढाउँदै लगेर अफगानिस्तानको एक तिहाइ भागमा नियन्त्रण जमाइसकेको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस