कसरी मारिए लादेन ?

जेठ १३, २०७४  |  १२१ पटक पढिएको

बीबीसी

जेठ १२ – १ मे , सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेशनको कहानी थुप्रै पटक बताइसकेका छन् तर पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रात बारे वर्णन गरेकी छिन् ।

अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनीहरुको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यू मिनट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’ का लागि कुराकानी गरेकी छिन् । यो किताबको एक अंश संडे टाइम्स यूकेले छापेको छ ।

रातीको खाना खाएपछि र भाँडा माझेपछि लादेन परिवारले नमाज पढेको थियो । त्यसपछि लादेन आफ्नी श्रीमतीसँग माथिल्लो तल्लाको बेडरुममा गएका थिए । १ मे, सन् २०११ को राती ११ बजे अलकायदा प्रमुख ओसामा बिन लादेन गहिरो निन्द्रामा पुगिसकेका थिए ।

पाकिस्तानको एबटाबादमा ओसामाको त्यो गोप्य घरमा अचानक बत्ती बल्न बन्द भयो । पूरा घर अँध्यारोमा डुबेको थियो । पाकिस्तानमा बत्ती जानु सामान्य कुरा हो । यस्तोमा कसैले पनि उक्त कुरामा ध्यान दिएनन् ।

आधा रातमा अचानक अमालको निन्द्रा खुल्यो । उनले केही सुनेकी थिइन् । अमाल को ललाटमा एक्कासी चिन्ताको रेखा कोरिएका थिए । अमाललाई कोही माथि आइरहेको भान भयो ।

अमाललाई ढोकाबाट कोही छिरिरहेको आभाष भयो किनभने केही व्यक्तिको छायाँ देखिएको थियो । आकाश गर्जिएको जस्तो आवाज आयो । उक्त आवाज अचानक बढ्यो ।

अमालका अनुसार लादेन अचानक ओछ्यानबाट उठेर थचक्क बसे । उनको अनुहारमा स्पष्ट रुपमा  डर झल्किरहेको थियो । लादेनले उनलाई बेस्सरी समाते । अमालले भने, ‘हामीले माथि कोही आइरहेको महसुस गरेका थियौंै । यो देखेर हामी निकै आत्तिएका थियौं । अचानक घरको ढोका थर्कन थालेको थियो ।’

अमाल भन्छिन्, ‘उनीहरु बाल्कोनीको ढोकाबाट अँध्यारोमा भित्र आइरहेका थिए । अमेरिकाको एक ब्ल्याक हक हेलिकोप्टर हामीले घर नजिकै देखेका थियौं । केही समयपछि अर्को हेलिकोप्टर पनि आइपुग्यो । त्यसपछि अमेरिकी सेनाको यो विशेष समूह एक भए । उनीहरु दोस्रो तल्लाको बेडरुमसम्म पुगिसकेका थिए ।’

अमाललाई लाग्यो कि कसैले  उनीहरुलाई धोका दिए । ओसामा बिन लादेनको जीवनको अन्तिम मिनेटको किताब अमालले किताबलाई दिएको अन्तर्वार्तामा बताएकी छिन् । वर्षौंदेखि उक्त घरमा लादेनको परिवार बसिरहेको थियो ।

ओसामाले आफ्ना श्रीमतीहरुलाई बच्चासहित तल जान निर्देशन दिएका थिए । उनीहरुले श्रीमती र बच्चाहरुलाई नभई आफूलाई मार्न चाहेको पनि ओसामाले बताएका थिए । यद्यपी, अमालले आफ्ना छोरा हुसैनसँग ओसामासँगै बस्ने आग्रह गरेकी थिइन् ।

अमालले भनिन्, ‘हेलिकोप्टरको आवाजका कारण उनको निन्द्रा खोलिएको थियो । उनले अमेरिका आइपुगेको बताएका थिए । ठूलो आवाज आयो र घर नराम्रो तरिकाले हल्लिएको थियो । हामी दुबैजना एक–अर्कालाई समातेर बाल्कोनीमा लुकेका थियौं ।’

त्यो रात औंशीको थियो त्यसकारण निष्पट्ट अँध्यारो थियो । अमेरिकी सैनिक हाम्रो घरभित्र आइसकेको थियो ।

अमालका अनुसार कसैले उनको घरबारे सबैकुरा जानकारी दिएका थिए । अमालले भनिन्, ‘यो स्पष्ट छ कि कसैले हामीलाई धोका दिएको छ । हामीले यस्तो प्रकारको हमलाको कहिले आशंका गरेका थिएनौं ।’

त्यतिबेला ओसामाले खालिदलाई बोलाए । उनले एके–४७ उठाए । यद्यपी, अमाललाई थाहा थियो कि खालिदले बन्दुक चलाउन सक्दैनन् किनभने उनी त्यतिबेला १३ वर्षका मात्र थिए । बच्चाहरु रोइरहेका थिए र अमाल उनीहरुलाई फकाइरहेकी थिइन् । अमेरिकी सैनिक माथिल्लो तल्लामा पुगिसकेका थिए । त्यसपछि सबैकुरा ध्वस्त हुन केही बेर पनि लागेन ।

प्रतिक्रिया दिनुहोस