६ किलो अफिम सहित दाङमा ४ जना पक्राउ

  साउन १०, २०७७

तुलसीपुर, १० साउन

Advertisement

६ किलो अफिम सहित दाङमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–२ निबासी २२ बर्षका लाल सिंह विक, ३२ बर्षका हर्कबहादुर घर्तीमगर, ३२ बर्षका लालमन घर्तीमगर र वडा नम्वर ५ बस्ने ३५ बर्षका दुजबहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।दाङको भालुबाङ रातोडाँडामा रहेको दक्षीणकाली सोल्टी होटेलमा अफिमको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीलले ६ किलो ९६७ ग्राम अबैध लागुऔषध अफिम सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

Advertisement

त्यसैगरी प्रहरीले लु१च ६१७१ नम्बरको बलेरो जिप, लु४०प९८०६ नम्बरको पल्सर मोटरसाईकल र विभिन्न ब्रान्डका मोबाईल समेत बरामद गरेको जनाएको छ । गत विहिवार बिहीबार पक्राउ परेका उनिहरुलाई ल्लिा प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु विरुद्ध शुक्रवार अदालतमा लागुऔषध (अफिम) मुद्धामा मुद्धा दर्ता गरी अनुसन्धानका लागी दश दिनको म्याद थप भई अनुसन्धान भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस