सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जना पक्राउ

  साउन ०९, २०७७

सिरहा , ९ साउन

Advertisement

सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नम्बर –३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव रहेका छन् ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।
एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस