जन्मदिनको अवसरमा रक्तदान

  असार ३१, २०७७

तुलसीपुर, ३१ असार ।
आफ्नो जन्मदिनको अवसर पारेर दाङ शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा निवासी पत्रकार माधव कँडेलले रक्तदान गरेका छन । रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ उनले जन्म दिनको अवसरमा रक्तदान गरेको कडेलले बताएका छन् । विगत देखी नै जन्मोत्सवको अवसरमा रक्तदान गदै आएका उनले यस पटक पनि रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी द्वारा सन्चालित रक्तसन्चार केन्द्र तुलसीपुर शाखामा पुगेर उनले रक्तदान गरेका हुन ।रगत अभाव नहोस भनि आफु रक्तदानमा उत्प्रेरित भएको उनले बताए । कडेल नेपाली आवाज अनलाईनका प्रकाशक समेत हुन ।

Advertisement

प्रतिक्रिया दिनुहोस