खरको छानो विस्थापन गर्न ७ करोड ६६ लाख बजेट

शिवु खनाल
दाङ, २७ असार / सुरक्षित नागरिक आवास, खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष ७७÷७८ मा ७ करोड ६६ लाख बजेट विनियोज गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी ने.क.पा.का केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिए ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ मा १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले जानकारी दिए ।

जसमध्य लमहीमा ३ सय ४७, गढवामा ३ सय ९७, राप्तीमा २ सय ४७, राजपुरमा ३ सय २९ र घोराहीको वडा नं. १, २, ३, ५ मा २ सय १३ गरि १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले जानकारी दिए । यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालय सदस्य मोहम्मद याकुबले जानकारी दिएका छन् । पहिलो प्रथामिकतामा एकल महिला, दलित, पछाडि परेको समुदायिलाई राखिएको छ ।।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया