बलात्कारबाट १६ बर्षीया बालिका गर्भवती

तुलसीपुर, २७ असार

पश्चिम दाङमा बलात्कारबाट एक बालिका गर्भवती भएको रहस्य खुलेको छ । गएको पुष २६ बलात्कारको शिकार भएकी १६ बर्षीया बालिकाको पेटमा ७ महिनाको बच्चा भएको पारिवारीक स्रोतले बताएको छ ।

यसै बिच पिडित बालिकाले दिएको जाहेरीका आधारमा पश्चिम दाङबाट एक युवक पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा मल्ल थरका युवकलाई चिरेघाट प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । भारतबाट शुक्रबार मात्रै घरमा आएकाले युवकका विरुद्ध निवेदन ढिलो गरी आएको प्रहरीले बताएको छ । आरोपी युवकको उमेर २० बर्ष नपुगेकाले नाम भने प्रहरीले गोप्य राखेको छ ।

 

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया