गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखी” सार्बजनिक

शिवु खनाल, दाङ २६ असार ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका (तिज)लाई लक्षित गरेर तिज गित बजारमा आउन थालेका छन् । कलाकारहरु यति बेला तिज गितको तयारी गर्न निकै ब्यस्त छन् । विश्व नै कोरोना भाइरसका कारण अस्तब्यस्त हुदा पनि गितसंगित प्रेमी कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गदै गितहरु बजारमा ल्याउनका लागी दौडधुप गरेका छन् ।
पछिल्लो समयमा गित संगितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै चित्रण गदै तिज गित निर्णाण गरेकी छिन् ।
मैना रेश्मीको तीज गीर्त निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ गायक चन्द्र शर्माले भने ।

लोक तथा दोहोरी गायिका मैनाले गित संगितमा नाम चलेका चन्द्र शर्मा, पुश्कल शर्मा, खेम सेन्चुरी, नेत्र अर्याल, दुर्गेस थापा लगायतका कलाकार संग काम गरिसकेकी छन् । गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी संग अब्बल कला छ्न् मैना संग ।निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनितामी परियारको स्वर रहेको छ ।गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ । त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ । गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नलाई यो लिंक क्लिक गर्नुहोस ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया