नृत्य निर्देशक दाङका चौधरीको निधन

  असार २३, २०७७

शिवु खनाल, दाङ , २३ असार । 

Advertisement

मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत दाङका कलाकार गोरन चौधरीको मृत्यु भएको छ । चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । चौधरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी हुन् ।

Advertisement

कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गोरनको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा मंगलवार बिहान ९ बजे निधन भएको कलाकार बिपिन घिमिरेले जानकारि दिए ।

Advertisement

२०६१÷६२ मा स्थायी कर्मचारीका रुपमा जागिरे जिवन शुरु गरेका चौधरी नृत्य क्षेत्रमा निकै अब्बल मानिन्थ्ये । पछिल्लो समययता गोरन म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त कलाकारका रुपले चिनिन्थे । साथै विभिन्न मेला महोत्सवमा आम दर्शकहरुले धेरै रुचाईएका कलाकार मध्ये उनी पनि एक थिए ।

बिरेन्द्र हमाल, प्रभाकर देब शर्माद्वारा निर्देशन गरेको शोक्न वात्सवदत्ता, एक चिहान लगायत थुप्रै नाटकहरुमा अभिनय गरेका छन् । खासगरी गित संगितको क्षेत्रमा गोरनले कोरियोग्राफीको काम गर्ने गर्दथे ।उमेरले ४५ पुगेका गोरन रास्ट्रीय नाचघर सम्म पुग्नका लागि गित संगितको क्षेत्रमा धेरै मेहनत गरेको दाङकै अर्का गायक तथा संगितकार यादव योगीले बताए । गोरनले गित संगितको क्षेत्रमा गरेका योगदानको जति बयान गरेपनी कम हुन्छ, गोरनको निधनले समग्र गित संगितको क्षेत्रमा ठूलो चोट पुगेको गायक योगीले बताए ।

प्रतिक्रिया दिनुहोस