जुवाको खालबाट झण्डै ढाईलाख सहित ९ जना पक्राउ

  असार २२, २०७७

फोटो :फाईल

Advertisement

तुलसीपुर, २१ असार

Advertisement

ईलाका प्रहरी कार्यालय तुलसीपुरले झण्डै ढाईलाख रुपैयाँ सहित ९ जनालाई जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।तुलसीपुर–७ गणेसपुर पार्क नजिकै एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले २ लाख ३९ हजार रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा तुलीपुर–७ निबासी ३६ बर्षका रेम सुनार, ३८ बर्षका शिव बहादुर स्वर्णकार, ३९ का धनेश्वर सेर्पाइली, २७ का सन्तोष नेपाली, ३६ का खिम बहादुर सुनार, ३३ रविन्द्र सिङ नेपाली, तुलसीपुर –८ का ४८ बर्षका टंक बहादुर सुनार, ३५ बर्षका शोभाराम सुनार र तुलसीपुर– ५ निबासी ३७ बर्षका टेक बहादुर विश्वकर्मा रहेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस