नेपालमा कुल जनसंख्या ३ करोड ६ सय ३४

काठमाडौ, १२ असार ।

नेपालको कुल जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।१२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया