तुलसीपुर उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत (पुर्णपाठ )

खुसी जनता – समृद्ध तुलसीपुर ”“हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर,

तुलसीपुर उपमहानगरपालिकानगरकार्यपालिकाको तर्फबाट  नगरसभाको पाँचौ अधिवेशनको तेस्रो वैठकमा उप प्रमुख श्री माया शर्माद्वारा प्रस्तुत आ.व. २०७७÷७८ को

विनियोजन वजेट वक्तव्य
२०७७ असार १० गते

तुलसीपुर उपमहानगरपालिका२०७७   नगर सभाका अध्यक्षज्यू, सभासद्ज्यू, (१). हामी अत्यन्त संकट र प्रकोपको घडीमा उभिएका छौ । विश्व नै कोभिडको संक्रमणले आक्रान्त भएको वर्तमान परिवेशमा नेपाल पनि अत्यन्त संकटको घडीबाट अगाडि वढिरहेको छ । यो विषम परिस्थितिमा पनि जनताको सेवा र सुरक्षाका लागि अग्रपक्तिमा रहेर काम गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि लगायतप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु । कोरोना संक्रमित हुनु भएकाप्रति शिघ्र स्वास्थ्यलाभको कामनाका साथै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । कोभिड विरुद्धको लडाई हामी सबैको साँझा लडाइ हो यसमा  एकजुट भएर अगाडि वढ्नु नै अहिलेको मुल आवश्यकता हो ।
(२). संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनासँगै स्थानीय तहका सार्वभौम जनताले अनुमोदन गरि पठाएका जनप्रतिनिधिका हैसियतले सम्मानित नगर सभा समक्ष आर्थिक वर्ष २०७७÷७८ को वजेट प्रस्तुत गर्न पाउँदा गर्वको महसुस गरेको छुँ ।
(३)     यस महत्वपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनका घाइते, अपाङ्ग तथा बेपत्ता नागरिकहरु प्रति सम्मान प्रकट गर्न चाहन्छु । लोकतन्त्र, गणतन्त्र र संघीयता प्राप्तीको अभियानमा नेतृत्व गर्ने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुले पुर्याउनुभएको योगदानप्रति  आभार व्यक्त गर्दछु ।   (४)     तुलसीपुर उपमहानगरपालिकाको विकास, समुन्नति र समृद्धि नै हाम्रो मुख्य गन्तव्य हो । हामीले नेतृत्व गरेको ३ वर्षका विचमा हामी हाम्रा चुनावी प्रतिवद्धताको नजिक नजिक पुग्ने प्रयासमा छौ । जनताले अनुमोदन गरेका हाम्रा चुनावी प्रतिवद्धताहरु नै हाम्रा मार्गनिर्देशक हुन् ।
(५)   युगान्तकारी परिवर्तनको जगमा बसेर आर्थिक, सामाजिक,साँस्कृतिक लगायत सबै प्रकारका विभेद, अशिक्षा, गरिबी, पछौटेपनको अन्त्य गर्दै तुलसीपुर विकासको महाअभियानमा अगाडि वढ्न ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर  राम्रो तुलसीपुर ’ भन्ने सोचका साथमा जनताका चाहना एवम् आवश्यकतामा केन्द्रीत भएर हामीले काम गरेका छौ ।  विकासका हरेक सूचकलाई छुने गरी हरेक क्षेत्रलाई समेटेर समावेशी विकासको अवधारणाका आधारमा  वजेट तर्जुमा गरेका छौ । संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्यका सूचकहरु हाम्रो वजेट निर्माणका आधार हुन् ।

(६) नेपालमा चैत्र ११ बाट सुरु भएको लकडाउनका कारणले लामो समयसम्म देश ठप्प अवस्थामा रह्यो । अहिले पनि मुलुकले यो अवस्था भोगिरहेको छ । हामीले पनि स्थानीय सरकारको दायित्व बोध गरेर कोरोना संक्रमणको घडीमा जनताका दुख र पिडासँगै जोडिने प्रयत्न गर्यो । यो अवधिमा हामीले क्वारेन्टाइन, आइसोलेसन निर्माणदेखि अलपत्र अवस्थामा रहेका जनताको उद्दार लगायतका विभिन्न कामहरु गर्यौ । हामीले गरेको प्रयत्न कै कारण अहिले तुलसीपुर त्यतिधेरै संक्रमणको अवस्थाबाट गुज्रिनुपरेको छैन । तथापि हामीसँग चुनौतिहरु भने विद्यमान नै छन् । (७)    दिगो शान्ती , सुशासन, विकास र समृद्धि र जनताको खुसी हाम्रो आगामी यात्रा हो । हामीले गरेका हरेक कामहरुले यिनै कुराहरुलाई समेटेका हुन्छन् । हामीले सामान्य जनताले पनि संघीयताको वेग्लै महसुस गर्न सकुन् भन्ने सोचका साथमा आर्थिक वर्ष २०७७÷७८ को वजेट तर्जुमा गरेका छौ । यस वजेटमा कोभिडको संक्रमणबाट जनतालाई जोगाउँनुका साथै प्रकोपबाट जोगिनका लागि घरगाउँ फर्किएकाहरुलाई रोजगार प्रदान गर्नेखालका विभिन्न कार्यक्रमहरुलाई समावेश गरेका छौ ।
(८) कोभिडको संक्रमणलाई मध्यनजर यस वर्ष हामीले स्वास्थ्य, कृषि, रोजगार,शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरिएको छ ।
अब म “ खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर ” बनाउने आ.व. २०७७÷७८ को नीति तथा कार्यक्रमहरुको लागि विनियोजित बजेटको विवरण यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
(९)   आर्थिक वर्ष ०७६÷०७७ मा विभिन्न योजना, चालु र पुँजिगत शीर्षकमा रु १ अरब ७१ करोड ८८ लाख, ६ हजार मात्र वजेट विनियोजन भएकोमा कोभिडको प्रकोपका कारणले आन्तरिक राजश्व संकलनमा समस्या उत्पन्न हुनुका साथै संघ र प्रदेशवाट पनि अपेक्षाकृत वजेट प्राप्त हुन नसक्दा २०७७ असार ८ गतेसम्म १ अरब ४८ करोड, ९१ लाख , ४१ हजार आम्दानी भएको छ । जसमा २०७७ असार ८ गतेसम्म ९० करोड ४४ लाख, ९९ हजार भई बाँकी वजेट आ.व.को अन्तसम्म खर्चहुन सक्ने व्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु । (१०) अब म यहाँहरु समक्ष आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित आय र खर्च विवरण प्रस्तुत गर्न चाहन्छु ।

यस आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ३० करोड, युनिसेफवाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान विषयगत ६० करोड ३४ लाख, राजस्व वाँडफाँडवाट १९ करोड २६ लाख ३९ हजार, समपुरक अनुदान १ करोड ४९ लाख, विशेष अनुदान २ करोड ५० लाख, जिल्ला समन्वय समिति राजस्व बाँडफाडबाट प्राप्त अनुदान ३ करोड साथै प्रदेश सरकारको वित्तीय समानीकरणवाट  ७५ लाख ६० हजार, सशर्त अनुदानबाट २ करोड ३२ लाख ५० हजार , राजस्व वाडँफाडँवाट २ करोड १५ हजार, विभिन्न कोष, लगानी समेतमा १० करोड, समपुरक अनुदानमा ८० लाख,  सडक वोर्डको रकम ७० लाख, नगर विकास कोषबाट २५ करोड ऋण र संघीय सरकार,प्रदेश सरकार र अन्य निकाय वा संस्थाबाट वितरित आन्तरिक ऋण तथा अनुदान र अन्य स्रोत १५ करोडसहित २ अरब ३४ करोड, ३७ लाख ६४ हजार आय अनुमान गरिएको छ ।

(११) यसैगरि आर्थिक वर्ष २०७७÷०७८ मा पुँजिगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अरब ६८ करोड ४७  लाखको अनुमानित वजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ७२ प्रतिशत हुन आउँछ । यसैगरी चालुतर्फ अन्य कार्यक्रमहरु, प्रशासनीक र सञ्चालन खर्च समेत रु ६६ करोड २० लाख ६४ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको २८ प्रतिशत हुन आउँछ ।  यस वर्षको अनुमानित आय विवरण अनुसुची १ मा संलग्न गरिएको छ । त्यसैगरि गत आर्थिक वर्षको वास्तविक खर्च र यस वर्षको अनुमानित व्यय विवरण अनुसुची २ मा संलग्न गरिएको छ ।
नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु, अब म यो सम्मानित नगर सभा समक्ष विगतमा हामीले गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउन चाहन्छु ।

 (१२) नगर विकास कोषको साझेदारीमा तुलसीपुर उपमहागरपालिकाको वडा नं. ५ मा रहेको आधुनिक वसपार्क टर्मिनल भवन निर्माण भई सञ्चालनमा रहेको छ  ।(१३) तुलसीपुर उपमहानगरपालिकाको वडा नं.६ मा तरकारी तथा फलफुल व्यवसायीको साझेदारीमा आधुनिक तरकारी तथा फलफुल बजार केन्द्रको निर्माण भई सञ्चालनमा रहेको छ ।(१४) तुलसीपुर उपमहानगरपालिकाको ६ र ९ मा अटो भिलेज निर्माण भइ सञ्चालन समेत भइसकेको छ ।(१५) तुलसीपुर उपमहानगरपालिकाको तुलसी ट्रेड टावरको डिपिआर र डिजाइन समेत तयार भएको छ ।(१६) प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ३३ लाखमा वडा नं. १ मा मदन भण्डारी खेलकुद मैदान सहित  नगरपालिकाको दश स्थानमा खेलमैदान निर्माण भएको छ ।(१७) आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ४५ आयोजना तथा कार्यक्रममध्ये १ हजार २९ (९८.४७) प्रतिशत आयोजना तथा कार्यक्रम सम्पन्न भएकोमा कल्भर्ट ७० वटा, कालोपत्रे १३ कि.मी., ग्राभेल ५६ कि.मी., बाटो कटिङ १६ कि.मी., आर.सि.सि. बाटो ६ सय ११ मिटर, पक्की नाला ११ कि.मी., डिपबोरिङ ८ वटा, खानेपानी टंकी ९ वटा, कुवा ३९ वटा, खेल मैदान १० वटा, र विद्यालय भवन, स्वास्थ्य केन्द्र, मठ मन्दिर, शौचालय,सामुदायीक भवन निर्माण तथा मर्मत १ सय १३ वटा सम्पन्न भएका छन् ।((१८) तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास  पूर्वाधारलाई अगाडी बढाउनको लागि चालु आर्थिक वर्षमा ६० कि.मी. कालोपत्रे गर्ने लक्ष्य लिएकोमा विकास प्राधिकरणले करिब ८० कि.मी. सडक कालोपत्रे गर्ने आधार बनेको छ ।

(१९) आर्थिक वर्ष २०७६।०७७ मा संघीय र प्रदेश सरकारबाट प्राप्त आयोजनाहरु ६० वटा,  नगरस्तरिय आयोजना तथा कार्यक्रमहरु १ सय ५६ वटा र वडा स्तरिय आयोजना तथा कार्यक्रमहरु ५ सय १८ वटा समेत जम्मा ७ सय ३५ आयोजना तथा कार्यक्रमहरु सञ्चालमा रहेका छन् ।

(२०) तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १२ मा तुलसीपुर बहुप्राविधिक शिक्षालय (तुलसीपुर मेट्रो कलेज) स्थापना भई वन विज्ञानको विषयको कक्षा सञ्चालनमा रहेको छ ।(२१) तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा पर्यटकहरुको आकर्षकको रुपमा रहेको छिल्लीकोट भ्यू टावर यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भएको छ । यहाँ केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन समेत भइसेकेको छ भने वडा नम्वर १४ का रहेको हात्तिढुँगा संरक्षणको काम अगाडि वढेको छ ।

(२२) चालु आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र नगर स्तरका (बहुवर्षिय) योजना समेत जम्मा २ सय १७ वटा योजना सञ्चालनमा रहेका छन । जसमध्ये (भवनतर्फ ४१, सिँचाई ४२, खानेपानी २०, डिपवोरिङ १०, सडक २५, सडकको पक्की नाला २०, खानेपानी कुवा ७, कल्भर्ट ११, बाटिका ११, योग भवन ४ र अन्य कार्यक्रम २ सय ६६) वटा आयोजना तथा कार्यक्रमहरु सञ्चालन भएकोमा कोभिड १९ को महामारीले भएको लकडाउनको कारणले काम गर्न ढिलाई भएकाले जेष्ठ मसान्तसम्म ६३ (२९.०३ प्रतिशत) वटा योजना तथा कार्यक्रम सम्पन्न भएका छन भने बहुवर्षिय आयोजना बाहेक बाँकी आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेका छन ।
(२३) प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्र्तगत हालसम्म पक्की सडक मार्फत राष्ट्रिय  वा प्रादेशिक सडकमा नजोडिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ फुलवारी—घोराही सडक (राप्ती  राजमार्ग—नेवारीकोट—रनियापुर—बराहखुटी—सिमलखुटी हुदै घोराही उपमहानगरपालिका –५ रज्जे मनामे  जोड्ने सडकको यो आर्थिक वर्षमा कामको सुरुवात भइ विस्तारको संघीय सरकारमा पेश गरिएको छ ।

(२४) भिमसेन नगर स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्नको लागि उक्त भवन  (बहुवर्षिय) योजनाको रुपमा बजेट निकासा भई यो आर्थिक वर्षमा सम्पन्न गरेर सञ्चालनको तयारीमा रहेको  छ । (२५) तुलसीपुर उपमहानगरपालिकालाई खरको छानामुक्त नगर वनाउने अभियान अन्र्तगत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिव ८ सय घर खरको छानोमुक्त भइसकेको छ भने अन्य ७ सय ५० घरका लागि टेण्डर प्रक्रिया भइ जस्तापाता खरिद भइसकेको छ । (२६) तुलसीपुर उपमहानगरपालिका यस आर्थिक वर्षमा तुलसीपुर बहुप्राविधिक शिक्षालय ( तुलसीपुर मेट्रो कलेज) बहुवर्षिय रुपमा निर्माण  गर्नको लागि टेन्डर भई पर्खाल निर्माणको अवस्थामा रहेको छ ।

निर्माणाधिन अवस्थामा रहेको छ ।(२७) तुलसीपुर उपमहानगरपालिका अन्तर्गत वडा नं. ७ राप्ती शान्ति उद्यानमा बुद्धको मुर्ति स्थापना गर्ने, ढँुगा छाप्ने,मिनि चिडियाखाना,सौन्दर्यीकरण लगायतका कामहरु सम्पन्न भएका छन् । (२८) तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारको विशेष अनुदानमा  वडा नं. ४ को राप्ती आँखा अस्पतालमा ओपिडि भवन निर्माण र नेपाल रेडक्रस सोसाईटीमा रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरको भवन निर्माण भइरहेको  छ ।(२९) वडा नं. १८ को जनता संस्कृत मा.वि. विजौरी भवन निर्माण, वडा नं. ४ को मजुवा खानेपानी योजनाको निर्माण कार्य यसै आर्थिक वर्षमा सञ्चालन गरिनेछ । (३०) वडा नम्बर १४ र १८ मा वडा कार्यालय भवन निर्माणको क्रममा रहेको छ । उपमहानगरपालिकाको प्रशासनिक भवनको टेण्डर समेत भइसकेको छ ।

(३१) तुलसीपुर उपमहानगरपालिकाको भमके खोला, पातुखोला,राता पहरा, कालाखोला, गहते खोला, बबई नदि, चौवा खोला, सक्राम खोला र गुहारखोलाका शवदाहस्थलहरुमा यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि सोलार वत्ति जडानको काम अन्तिम चरणमा पुगेको छ ।(३२) तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० र ११ मा श्रीमणी  अभय मार्ग निर्माणका लागि प्रदेश सरकारको समपुरक बजेटबाट बहुवर्षिय आयोजनाको रुपमा रु ५ करोड ७१ लाखमा ठेक्का पट्टा भइ काम अगाडि वढेको छ । (३३) मातृशिशु मृत्युदर कम गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले वितरण गरेको मातृशिशु सुरक्षा सुत्केरी भत्ता अहिलेसम्म ३ हजार ४ सय १९ जनाले पाइसकेका छन् र यो कार्यक्रम निरन्तर चलिरहेको छ । (३४) कोभिड १९ संक्रमणको प्रकोप व्यवस्थापनका लागि १२ वटा क्वारेन्टाइन, एउटा पेइङ्ग क्वारेन्टाइन र २ वटा आइसोलेसन निर्माण गरेर १ हजार ३ सय १९ जनालाई अहिलेसम्म व्यवस्थापन गरिसकिएको छ ।

  हालसम्म २ सय ७ जनाको आरडिटी टेस्ट र १ हजार १५ जनाको पिसिआर टेस्ट भएसकेकोमा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । सबैका अवस्था अहिले सामान्य नै रहेको पनि म जानकारी गराउँदछु । (३५)कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक जीवन गुजार्न समस्यामा परेका १० हजार वढि विपन्नलाई हामीले राहत वितरण गर्नुका साथै श्रम बैक मार्फत ८ सय ४१ वढिले काम गरेर खाद्यान्न प्राप्त गरेका छन् । विपद्को व्यवस्थापनका लागि हामीलाई सहयोग गर्नुहुनेहरुको विवरण अनुसुचिमा व्यवस्था गरिएको छ । हामीले गरेको यो काम सबैका लागि उदाहरणीय र अनुकरणीय वनेको पनि म यो सम्मानित नगर सभा समक्ष जानकारी गराउन चाहन्छु ।

(३६) तुलसीपुर उपमहानगरपालिकामा राहत वितरण र खाद्य बैकका लागि खाद्यान्न लगायतका सामग्री खरीदमा ६६ लाख ४८ हजार ५ सय ६६ रुपैया, स्वास्थ्य सामग्री र औषधि खरिदमा ११ लाख ३४ हजार १ सय ८, अलपत्र नागरिकहरुको उद्दारका लागि गाडी भाडामा २ लाख, ६२ हजार ९ सय १५ र क्वारेन्टाइन स्थापना, सन्चालन र व्यवस्थापनका लािग ६६ लाख ३० हजार ९ सय १८ खर्च भएको छ । (३७) तुलसीपुरको विकासलाई विकास प्राधिकरणमार्फत अगाडी वढाउनका लागि हामीले विभिन्न खाले उपकरणहरु खरिद गरिसकेका छौ । जसमा ग्रेडर १ थान, स्काभेटर १ थान, रोलर २ थान, जेसिबी २ थान, टिप्पर २ वटा, मिक्स्चर मेसिन २ थान, टे«क्टर २ थान रहेका छन् । यी उपकरणहरुले उपमहानगरपालिकाका विभिन्न ठाउँमा विकास निर्माणका कामलाई तिव्रका साथै प्रभावकारी ढँगले अगाडि वढाइरहेका छन् । यसका साथै फोहोर मैला व्यवस्थापनको सहजताका लागि थप कम्प्याक्टर समेत खरीद गरेका छौं ।
सम्मानीत नगर सभाका अध्यक्ष एवम् सदस्यज्युहरु,
अब म यहाँहरु समक्ष यस तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाका तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ का लागि नगरसभाको दोस्रो वैठकले पारित गरेको नीति तथा कार्यक्रम, दीगो विकासको लक्ष्य, नेपाल सरकारको विकास लक्ष्य प्राप्तीमा सहयोग पु¥याउन र नेपालको संविधानले अङ्गिकार गरेका मौलिक हक र नीति तथा कार्यक्रमहरु समावेश गरिएको “ खुसी  जनता ः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर ः राम्रो तुलसीपुर” बनाउनका लागि विनियोजन वजेट प्रस्तुत गर्न चाहन्छु । साथै कार्यक्रम र विनियोजित वजेटको विस्तृत विवरण स्थानीय रातो कितावमा समावेश गरिने व्यहोरा अवगत गराउँछु ।
(३८) कोभिड १९ को विश्वव्यापी महासंकट अहिले पनि व्याप्त छ । स्थानीय सरकारको ध्यान जनताको जीवन रक्षा नै रहेको छ । जीवन जोगाउँने कुरा यतिबेला सबैभन्दा महत्वको विषय हो । यससँग जुध्नका लागि क्वारेन्टाइन , आइसोलेसन निर्माण, अत्यावश्यक सामग्री खरिद, उद्दार र यससँग सम्वन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ । (३९) तुलसीपुर ८ मा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड वजेट विनियोजन गरिएको छ । (४०) तुलसीपुर उपमहानगरपालिकाभित्र अत्यावश्यक ३ ठाउँमा वर्थिंग सेन्टर निर्माण गर्न,स्वास्थ्य संस्था मर्मत सुधार र स्तरवृद्धिका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

(४१) आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिँदै ४०  लाख बिनियोजन गरिएको छ । (४२) उज्यालो तुलसीपुर अभियान अन्तर्गत २ वर्ष भित्र तुलसीपुरलाई मोतिविन्दुमुक्त नगरको रुपमा घोषणा गर्नका लागि राप्ती आँखा अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ ।
(४३) एम्बुलेन्स सेवालाई थप विस्तार गरेर अन्य वडाबाट पनि सञ्चालन गर्न, स्वास्थ्य शाखाका लागि आवश्यक सवारी साधन  खरिद तथा शववाहनका लागि  आवश्यक रकम  विनियोजन गरिएको छ ।(४४) थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।(४५) मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि उपमहानगरपालिकाको ३ वटा स्वास्थ्य संस्थामा मनोपरामर्श इकाइको स्थापनाका लागि आवश्यक रकम छुट्याइएको छ । (४६) तुलसीपुरलाई स्वास्थ्य उपचारको हबका रुपमा विकास गर्न सबै स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा सञ्चालन , राप्ती प्रादेशिक अस्पताललाई प्रदेश सरकारको समन्वयमा विशेषज्ञ सेवा प्रदान गर्न, राप्ती आँखा अस्पताल, विजौरी प्रादेशिक आयुर्वेद अस्पताल, राप्ती आयुर्वेद अस्पताललाई सँघ तथा प्रदेश सरकारको समन्वयमा पूर्वाधार विकास तथा गुणस्तरिय सेवाका निम्ती आवश्यक रकम विनियोजन गरिएको छ ।

 (४७) तुलसीपुरलाई योग, ध्यान र प्राकृतिक चिकित्साको केन्द्रका रुपमा विकास गर्न एक टोल एक योग भवन निर्माण तथा फिजियोथेरापी केन्द्र वनाउन र योग सम्बन्धि कार्यक्रम सञ्चालनका लागि २५ लाख  विनियोजन गरिएको छ । साथै वडा नम्वरा ५ मा निर्माणाधिन तुलसीपुर सामुदायिक योग भवनका लागि संघीय सरकारको विशेष अनुदानमा रु ३० लाख विनियोजन गरिएको छ । (४८) कोभिड १९ रोगको संक्रमण जनस्तरमा नफैलियोस् भन्नका लागि जनताको जीवन जोगाउँनका निम्ति स्वास्थ्य प्रवद्र्धन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ । (४९) तुलसीपुर उपमहानगरपालिकाका विभिन्न टोलहरुलाई धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणा कार्यक्रम सञ्चालनका लागि रु ३ लाख विनियोजन गरिएको छ । (५०) स्वास्थ्य जनशक्ति व्यवस्थापन, अत्यावश्यक उपकरण खरिद, स्वास्थ्य स्वयम्सेविका परिचालन,विभिन्न सर्ने र नसर्ने रोगसम्वन्धि कार्यक्रम सञ्चालन, स्मार्ट ल्याब सञ्चालन लगायत स्वास्थ्य क्षेत्रका विभिन्न कामका लागि एकमुष्ट रु २ करोड विनियोजन गरिएको छ ।

(५१) स्वास्थ्य सुचना ब्यवस्थापन प्रणालीलाई बैज्ञानिक बनाउन समयानुसार विश्वसनिय तथा डिजीटल प्रणालीमा आधारित रिपोर्टिङ प्रणाली, दूरचिकित्सा प्रणाली, बिद्युतिय स्वास्थ्य प्रविधी एम्–हेल्थ, ई–हेल्थ र अन्य आधुनिक प्रविधीलाई अवलम्बन गरि स्वास्थ्य सेवालाई सुदृढ बनाउनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।  (५२)तुलसीपुरमा  वहुक्षेत्रिय पोषण तथा आपतकालीन पोषण कार्यक्रम संचालन र  पोषण पुनस्र्थापना केन्द्र तथा उपचार केन्द्र स्थापनाका लागि उपमहानगरपालिकाको एउटा वडा पूर्ण पोषणयुक्त वडा घोषणा गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (५३) संघ तथा प्रदेश सरकारको समन्वयमा यस उपमहानगरपालिकाका सबै स्वास्थ्यसंस्थाहरुमा  पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिएको ।
शिक्षा विकास
(५४) एक वडा एक नमुना विद्यालय सञ्चालन गर्न र नगर स्तरिय शिक्षा गुणस्तर सुधार गुरुयोजना वनाई पूर्वाधार लगायत अन्य कार्यका साथै आवश्यक शिक्षा व्यवस्थापनका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ । (५५) कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि रु १० लाख विनियोजन गरिएको छ । (५६) प्रविधिको पहुँचबाट टाढारहेका विद्यार्थीहरुको लागि कार्यपुस्तक लगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वंयसेवकहरुको परिचालनबाट “टोल टोलमा सिकाई” कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ । (५७) तुलसीपुरमा नमुना नगर पुस्तकालय स्थापनाका लागि रु १ करोड विनियोजन गरिएको छ ।(५८) बालबालिकालिलाई मनोवैज्ञानिक ढँगले अध्ययन अध्यापन गराउनका लागि मन्टेश्वरीको मापदण्ड अनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि रु १० लाख विनियोजन गरिएको छ ।(५९) विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म पूर्ण रुपमा निशुल्क वनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।

 (६०) कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सुरक्षा प्रदान गर्न सामुदायिक विद्यालयका सबै शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई रु १ लाखको कोरोना तथा म्यादी विमा गर्नका लागि रु ७ लाख विनियोजन गरिएको छ । (टज्ञ) शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्तालाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ । (टद्द) दरबन्दी अभाव भएका विद्यालयमा टिचफर नेपालसँगको सहकार्यमा स्वंयम्सेवक शिक्षक परिचालन गर्ने कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (टघ) विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

 (टद्ध) विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिदै आवश्यक रकम विनियोजन गरिएको छ । (टछ) तुलसीपुर  मेट्रो कलेज तथा तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा रु ९ करोड विनियोजन गरिएको छ । भने उपहानगरपालिकाको तर्फबाट शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु १ करोड रकम रकम विनियोजन गरिएको छ । (टट) राप्ती बबई क्याम्पस,माध्यमिक विद्यालय दोघरे,मर्जर भएका गाँभिएका ठूला विद्यालयको शैक्षिक प्रवद्र्धन र  भवन निर्माणका लागि आवश्यक वजेट व्यवस्था गरिनेछ ।

(टठ) जनता संस्कृत मावि विजौरीको भवन निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नका लागि संघीय सरकारको विशेष अनुदानमा रु १ करोड ७५ लाख र मावि दोघरेको नयाँ भवन निर्माणका लागि संघ र प्रदेश सरकारको समपुरक अनुदानबाट सम्पन्न गर्न रु २ करोड विनियोजन प्रस्ताव गरिएको छ । (टड) विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिनेछ । (टढ) कोभिड १९ का कारण विद्यालय भर्ना हुन नसक्ने बालबालिकाका लागि मेयर शैक्षिक उत्थान कार्यक्रम बाट गरिब, अल्संख्यक, दलित , विपन्न बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ ।
(ठण्) सामुदायिक विद्यालयको शैक्षिक वातावरण हरियाली वनाउने विद्यालयलाई प्रोत्साहनका साथै वातावरण र बालमैत्री विद्यालय घोषणा गर्नेलाई प्रोत्साहन गर्नका लागि रु ५ लाख विनियोजन गरिएको छ ।(ठज्ञ) स्थानीय भाषा र परिवेशमा आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (ठद्द) मापदण्ड अनुसारको प्रधानअध्यापक नियुक्त गरी स्वयम्सेवक शिक्षक सट्टा भर्नाका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (ठघ) प्राविधिक शिक्षाको विकासका लागि १९ वटै वडाका छात्रछात्राहरुलाई अध्यापनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।
यूवा तथा खेलकुद :
(ठद्ध) कोभिड १९ को सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मेयरकप प्रतियोगिता, राष्ट्रपति रनिङ्ग शिल्ड, विद्यालय भित्र अतिरिक्त क्रियाकलाप अन्र्तगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरु सञ्चालनका लागि २० लाख विनियोजन गरिएको छ ।(ठछ) एक विद्यालय एक खेल शिक्षक नीति अवलम्बन गर्नका लागि ५ लाख विनियोजन गरिएको छ । (ठट) प्रदेश सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा रहको मदन भण्डारी रंगशाला र  अरनिको मैदान स्तरोन्नति  गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको  छ । (ठठ) एक वडा एक खेल मैदान कार्यक्रम अन्तर्गत वडावडामा खुल्ला व्यायामशाला (ओपन जिम) निर्माणका लागि २३ लाख विनियोजन गरिएको छ । (ठड) कम्तीमा एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ ।

(ठढ) राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कृत भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरताका लागि २ लाख विनियोजन गरिएको छ । (डण्) युवा लक्षित विभिन्न कार्यक्रम र युवा संसद कार्यक्रम सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।कृषि तथा पशुपालन(डज्ञ) उन्नत वीउ उत्पादन र वितरण मार्फत किसानलाई उन्नत विउँको सहज उपलब्धताका लागि विउँ विजन बैक मार्फत काम अगाडि वढाउन रु १० लाख विनियोजन गरिएको छ ।(डद्द) घना शहरी क्षेत्रमा कौशी खेति कार्यक्रम र घर बगैचा व्यवस्थापन कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

(डघ) प्रांगारिक कृषि विकास कार्यक्रम, पुष्प विकास कार्यक्रम, च्याउँ, माहुरी तथा माछा विकास कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । (डद्ध) स्थानीय रैथाने बाली संरक्षण, बेमौसमी तरकारी खेतिका लागि रु ५ लाख विनियोजन गरिएको छ । (डछ) कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा ब्यवसायीकरण गरी रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालनका लागि रु २० लाख विनियोजन गरिएको छ । (डट) माटो सुधार, रासायनिक विषादी न्युनीकरण तथा जैविक विषादी प्रयोगका लागि रु ६ लाख विनियोजन गरिएको छ । (डठ) कोभिडले पारेको असर र विदेशबाट फर्किएका व्यक्तिहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गरी स्वरोजगारमुलक र उद्यमशिल वनाउन, कृषि तथा पशुपालनका क्षेत्रमा आवश्यक प्राविधिक अनुदान,सहयोग र वित्तिय संस्थाहरुमा पहुँच पुर्याई आवश्यक पूँजि, प्रविधि र वजार प्रवद्र्धनमा पाँच हजार घर परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने गरी कृषि तथा पशुपालनको क्षेत्रमा आवश्यक कार्यक्रम गर्न संघ र प्रदेश सरकारको समन्वयमा रु ३ करोड बजेट व्यवस्था गरिएको छ ।

 (डड) एक वडा एक व्यावसायिक कृषि फर्म विकास र आवश्यकता अनुसार कृषि तथा पशु विकास इकाइ  कार्यालय स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।(डढ) फलफुल तथा तरकारी प्रवद्र्धन तथा ग्रामिण वडाहरुमा व्यवसायिक कागती खेति विस्तारका लागि रु ८ लाख विनियोजन गरिएको छ । (ढण्) आकस्मिक बाली संरक्षण, कृषि बाली भण्डारण प्रविधि व्यवस्थापन कार्यक्रम, व्यावसायिक कृषक क्षमता अभिवृद्धि, घुम्ती तालिम, बाँझो जग्गा व्यवस्थापन र करार खेति साँझेदारी सहयोग कार्यक्रमका लागि एकमुष्ट १५ लाख विनियोजन गरिएको छ । (ढज्ञ) कृषक परिचय पत्र वितरण तथा उत्कृष्ट कृषक सम्मानका लागि रु २ लाख विनियोजन गरिएको छ । (ढद्द) सुलभ कर्जा तथा बाली विमा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(ढघ) कृषि तथा पशु विकास कार्यालय भवनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।(ढद्ध) पशु स्वास्थ्य सेवालाई सहज बनाउन रोग निदान तथा उपचारका साथै प्रयोगशाला र कृषि तथा पशु एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक रकम व्यवस्था गरिनेछ । (ढछ) “पशुपंक्षीको नश्ल सुधार, आम्दानी र रोजगारीको आधार” भन्ने नीतिलाई कार्यान्वयन गर्न पशु नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनका लागि रु ९ लाख विनियोजन गरिएको छ । (ढट) यस नगरका  दुर्गम क्षेत्रहरुमा पशु स्वास्थ्य शिविर र घुम्ती स्वास्थ्य सेवामार्फत पशु खोप  तथा अन्य कार्यक्रम सन्चालनका लागि क्षेत्रगत समन्वय गरी कार्यक्रम अगाडि वढाउन रु ७ लाख बजेट विनियोजन गरिएको छ  ।

(ढठ) माछा, मासु, दही,दुध, मह लगायतका किसानका उत्पादनहरुलाई बजार प्रवद्र्धन, फर्महरुको सुदृढीकरण गर्नका लािग विभिन्न कार्यक्रम सञ्चालन गर्न १० लाख वजेट विनियोज गरिएको छ । (ढड) पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत जुनेटिक रोग नियन्त्रण, स्वयम्सेवक परिचालन र रोग निदान कार्यक्रमका लागि रु ३ लाख बजेट विनियोजन गरिएको छ । (ढढ) पशु आहारा कार्यक्रम,  घाँसे विउँ र नर्सरी सञ्चालन, पशु स्वास्थ्य नियमन तथा व्यवस्थापन, रोग निगरानी कार्यक्रम अन्तर्गत रु १५ लाख बजेट विनियोजन गरिएको छ । (ज्ञण्ण्) कृषि फर्ममा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानहरुलाई चारा र दाना मेसीन अनुदानमा उपलब्ध गराउनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।(ज्ञण्ज्ञ) माछा विकास कार्यक्रम अन्तर्गत माछा पोखरी निर्माण र भुरा वितरण अनुदानका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । (ज्ञण्द्द) संघ तथा प्रदेश सरकारको समन्वयमा लागत साँझेदारीका आधारमा वंगुर, बाख्रा र साना गाई फर्महरु प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्पmत काम गर्न  ४६ लाख विनियोजन गरिएको छ ।
सहकारी प्रवद्र्धन
(ज्ञण्घ) साना र समान उद्देश्य भएका मर्जर हुने सहकारीलाई अनुदान प्रदानका साथै एक घर कम्तीमा एक सहकारी सदस्य कार्यक्रम सञ्चालनका लागि रु १० लाख विनियोजन गरिएको छ । (ज्ञण्द्ध) डिजिटल सहकारी, सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि, अनुगमन मुल्यांकन, प्रवद्र्धन र विकास गर्न रु १५ लाख विनियोजन गरिएको छ । (ज्ञण्छ) वित्तिय साक्षरता र मेरो पनि बैक खाता अभियान सञ्चालनका आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञण्ट) शिक्षा, स्वास्थ्य, यातायात र सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी मुल्यांकनको आधारमा नगरपालिकाबाट शेयर तथा अनुदान दिनका लागि आवश्यक वजेट विनियोजन गरिएका छ ।
रोजगार प्रवद्र्धन, गरिबी निवारण र श्रम बंक सञ्चालन
(ज्ञण्ठ) कोभिड १९ महामारीको कारण रोजगार गुमाएर वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र स्थानीय बेरोजगार युवाहरुको तथ्यांक संकलन, रोजगार पहिचान र प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालनका लागि रु २० लाख विनियोजन गरिएको छ । (ज्ञण्ड) श्रम बैंक मार्फत श्रमिकको सुचिकृत गरी विभिन्न रोजगारमा परिचालन गर्न रु २५ लाख विनियोजन गरिएको छ । (ज्ञण्ढ) एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइनेछ,. खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानका लागि श्रम  र खाद्य बैक मार्फत काम गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
उद्योग तथा व्यवसाय प्रवद्र्धन
(ज्ञज्ञण्) युवाहरुमा उद्यमशिलता विकास गर्न र स्वदेशमै केही गरौ भन्ने विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरी सहकारी, बैक तथा वित्तिय संस्था र टोल विकास संस्थाको सहकार्यमा मेयर युवा उद्यमशिलता कोषका लागि रु १ करोड विनियोजन गरी आवश्यक कार्य गरिनेछ । (ज्ञज्ञज्ञ) “उद्यमशीलता, रोजगारी र उत्पादन बृद्धि ः हुन्छ तुलसीपुरको समृद्धि” को नीतिलाई सार्थक वनाउनका लागि विभिन्न उद्यमशिलता विकास तथा प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि रु १० लाख विनियोजन गरिएको छ ।

 (ज्ञज्ञद्द) तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र २ वटा उद्योग ग्राम स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । (ज्ञज्ञघ) तुलसीपुर कोसेली घर सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । (ज्ञज्ञद्ध) कोभिड १९ बाट स्वदेशिएका युवा, हिंसापिडित, विपन्न एकल महिला, दलित, अल्पसंख्यकहरुलाई लक्षित गरी उद्यमशिलतामा सहयोग गर्न सहकारी र निजी क्षेत्रको सहकार्यमा काम गर्ने गरी रु २५ लाख विनियोजन गरिएको छ । (ज्ञज्ञछ) तुलसीपुर ट्रेड टावर व्यवसायिक भवन निर्माण कार्य यसै वर्षबाट नगर विकास कोषको ऋण सहयोगमा सञ्चालन गर्नका लागि रु २५ करोड विनियोजन गरिएको छ ।(ज्ञज्ञट) तुलनात्मक क्षेत्रको पहिचान, उद्योग विस्तार, वस्तु तथा सेवाका विविधिकरण, उद्योग अनुगमन, उद्यमी, व्यवसायी सम्मान कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञज्ञठ) नयाँ उद्यमीहरुको विकासका लागि उद्यमशिलता कार्यक्रम सञ्चालन, स्टार्टअप व्यवसायलाई सहयोग तथा विजनेस इन्क्युवेशन सेन्टर स्थापना गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
सिचाँई तथा खानेपानी
(ज्ञज्ञड) खेतीयोग्य सबै जमिनमा सिचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि, डिपवोरिंग, पानीका स्रोत संरक्षण र  नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माणका लागि २ करोड विनियोजन गरिएको छ । (ज्ञज्ञढ) संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलामा हाईड्याम निर्माण गरी सिचाई सुविधा बिस्तारका साथै आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माण र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तारका लागि आवश्यक वजेटको व्यवस्था गरिनेछ । (ज्ञद्दण्) सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

 (ज्ञद्दज्ञ) किसानहरुलाई बाह्रै महिना सिचाइ सेवा उपलब्ध गराउनका लागि सिँचाई मिटर जडान, स्यालो ट्युववेल तथा डिपवोरिङ्गमा सिँचाइ मोटर जडान गरेका किसान तथा व्यावसायिक पशुपालन र माछापालन गर्दै आएका किसानहरुलाई फागुन, चैत, वैशाख, जेठ महिनाका लागि विद्युत महसुलको ५० प्रतिशत अनुदान उपलब्ध गराउनका लागि रु २० लाख विनियोजन गरिएको छ । (ज्ञद्दद्द) खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ । (ज्ञद्दघ) एक घर एक धारा अभियानलाई अगाडी वढाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
पर्यटन तथा संस्कृति प्रबद्र्धन :
(ज्ञद्दद्ध) कोभिड १९ को संक्रमणबाटमुक्त भएको अवस्थामा घुम्न जाउँ तुलसीपुर अभियानलाई अगाडि वढाउन, पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (ज्ञद्दछ) दोघरे,थर्कोट, बिजौरी छिल्लीबोट, हरेबास, चमेरे गुफा मार्गलाई पर्यटन मार्गको रुपमा विकास गर्न संघ,प्रदेश सरकारसँग सहकार्य गरि आवश्यक वजेट व्यवस्था गरिनेछ । (ज्ञद्दट) क्रान्ती संग्रहालय, दंगिशरण थारु संग्रहालय, जनजाति संग्रहालयको गुरुयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।(ज्ञद्दठ) सुकिदह पार्कदेखि चमेरे गुफासम्म घोडचढी सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (ज्ञद्दड) कोभिड १९ को संक्रमणबाटमुक्त भएको अवस्थामा साहित्य र कलाको विकासका लागि विभिन्न प्रतियोगिता र महोत्सवहरु आयोजनाका गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

 (ज्ञद्दढ) परम्परागत लोक भाषा,बाजा, सँस्कृति, भेषभुषा, खाना, चालचलन, रितिरिवाजलाई संरक्षण र विकासका लागि रु २ लाख विनियोजन गरिएको छ ।  (ज्ञघण्) सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न तथा पूर्वाधार निर्माणका लागि २५  लाख विनियोजन गरिएको छ । (ज्ञघज्ञ) हात्तिढुँगा, चमेरे गुफा, राप्ती शान्ती उद्यान, छिल्लीकोट, गौरीगाउँ ताल,सुकिदह, कमलपोखरी, हरियाली पार्क, मनकामना मन्दिर, सितलपुर पार्क, अश्वार सामुदायिक वन पार्क तथा भ्युटावर, रानीवन पार्क,सहिदस्मृति पार्क, पञ्चधारा, उत्तरकुमार वली बाटिका, पुष्पलाल बाल उद्यान आदिलाई आवश्यक वजेट व्यवस्था गरिनेछ ।
आर्थिक प्रशासन
(ज्ञघद्द) तुलसीपुर उपमहानगरपालिकालको समग्र आर्थिक प्रशासन सुधारका लागि १० लाख विनियोजन गरिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक

(ज्ञघघ) लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाइ लागि रु १५ लाख विनियोजन गरिएको छ ।(ज्ञघद्ध) तुलसीपुरको अभियान, छोरीलाई विशेष सम्मान र सुरक्षा प्रदानका लागि स्मार्ट छोरी बिहेबारी बिस वर्ष पारी कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको छ । (ज्ञघछ) श्रमिक र सडक बालबालिकाहरुलाई उचित व्यवस्थापन गरेर तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त,सडक बालबालिका र सडक मानवमुक्त नगरका रुपमा घोषणा गर्नका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञघट) १ सय वर्ष पुरा गरेका ज्येष्ठ नागरिकको सम्मानका लागि अतिविशिष्ठ जेष्ठ नागरीक सम्मान कार्यक्रममा रु १ लाख ५० हजार विनियोजन गरिएको छ ।

 (ज्ञघठ) ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानका लागि आवश्यक कार्यक्रम गर्न बजेट व्यवस्था गरिनेछ (ज्ञघड) ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइनेछ सोको लागि आवश्यक वजेट बिनियोजन गरिएको छ । (ज्ञघढ) कोभिड १९ का कारण प्रभावमा परेका दलित, जनजाति,  अल्पसंख्यक र पछाडि पारिएका वर्गहरुका लागि समावेशी सहभागिता तथा आयआर्जनका लागि कार्यक्रम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ ।(ज्ञद्धण्) बालश्रममुक्त वडा घोषणा कार्यक्रम र ट्रान्जिट होम सञ्चालनका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञद्धज्ञ) बालमैत्री स्थानीय तह निर्माण, बालहित कोष स्थापना, बाल सञ्जाल गठन, बालक्लबको क्षमता अभिवृद्धि, बालविवाह विरुद्धको अभियान सञ्चालनका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

(ज्ञद्धद्द) अपांग र लैँगिक हिंसा पिडित व्यक्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ । (ज्ञद्धघ) आदिवासी, जनजाती, दलित र अल्पसंख्यक समुदायले पुरातनकालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशिलता विकास गर्ने कार्यक्रम सञ्चालनका लागि रु २५ लाख विनियोजन गरिएको छ । (ज्ञद्धद्ध) उपमहानगरपालिकाको शाखा,महाशाखाबाट सञ्चालन हुने योजना तथा कार्यक्रममा लैँगिक मैत्री बजेट परिक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
समाज कल्याण
(ज्ञद्धछ) तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका सबै टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकासको लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिमका लागि रु. ३ लाख विनियोजन गरिएको छ ।(ज्ञद्धट) टोल विकास  संस्थालाई सामुदायिक सुरक्षा, दुव्र्यसनी नियन्त्रण, स्वास्थ्य र सरसफाई, उद्यमशिलता विकास, व्यवसायिक कृषि तथा पशुपालन कार्यमा परिचालन गर्न रु. ३ लाख विनियोजन गरिएको छ ।
कानुनी मामिला तथा न्यायिक समिति
(ज्ञद्धठ) तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिको न्याय सम्पादनलाई छिटो, छरितो, सरल र प्रभावकारी वनाउन मेलमिलापकर्ताको व्यवस्थाका लागि रु १० लाख विनियोजन गरिएको छ । (ज्ञद्धड) उपमेयर लैंगिक हिंसा सुरक्षा कार्यक्रम र सुरक्षा घर सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (ज्ञद्धढ) म्याद तामेलदारको व्यवस्थापन, मनोसामाजिक परामर्श,जनप्रतिनिधि,कर्मचारी क्षमता अभिवृद्धिका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञछण्) न्यायिक समिति अन्तर्गत कानुनी पुस्तक अध्ययन केन्द्र स्थापनाका लागि रु १ लाख विनियोजन गरिएकोछ ।सूूचना तथा संचार प्रविधि र डिजिटल तुलसीपुर
(ज्ञछज्ञ) विभिन्न नीति योजना, कार्यक्रम तथ्यांक संकलनका लागि गणना तथा सर्वेक्षण कार्यक्रममा आवश्यक वजेट विनियोजन गरिएको छ । (ज्ञछद्द) सूचना र प्रविधि मैत्री उपमहानगरपालिका वनाउनका लागि विभिन्न मोवाइल एप्लिकेसन्स र सफ्टवेयर खरिदका लागि आवश्यक  विनियोजन गरिएको छ । (ज्ञछघ) विकास तथा खोज पत्रकारिता सम्वन्धि तालिम सञ्चालनका लागि रु २ लाख विनियोजन गरिएको छ । (ज्ञछद्ध) वडा तथा नगर स्तरिय सार्वजनिक सुनुवाई, नागरिक निगरानी समुह परिचालन र कार्यक्रमका लागि आवश्यक रकम विनियोजन विनियोजन गरिएको छ । (ज्ञछछ) उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालनका लागि रु २ लाख विनियोजन गरिएको छ । (ज्ञछट) तुलसीपुर वजारको मुख्य चोकमा समग्र तुलसीपुर उपमहानगरपालिकाको अवस्था झल्कने गरी डिजिटल ड्यास वोर्ड राख्नका लागि रु ६ लाख विनियोजन गरिएको छ ।(ज्ञछठ) उपमहानगरपालिकाको बैठक कक्षा र सभाहललाई सूचना मैत्री वनाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको  छ ।
(ज्ञछड) रेडियो कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, हेलो मेयर टोल फ्रि हटलाइन सञ्चालन र सञ्चार माध्यम र सञ्चारकर्मीको विमा, लोककल्याणकारी विज्ञापन वितरणका लागि आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञछढ) तुलसीपुरको सुरक्षा र व्यवस्थापनका लागि निगरानी गर्न आवश्यक स्थानहरुमा सिसिटिभी जडानलाई निरन्तरताका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
वन वातावरण तथा हरियाली प्रवद्र्धन
(ज्ञटण्) वनजंगल, वन्यजन्तु, चराचुरुंगी, जलउपयोग, जैविक विविधता र वातावरण संरक्षणका लागि आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञटज्ञ) सामुदायिक वन र पारिवारीक निजी वनसँगको सहकार्यमा हरित रोजगारी सृजना  र उद्यमशिलताको विकास गर्ने खालका कार्यक्रम सञ्चालनका लागि रु २५ लाख विनियोजन गरिएको छ । (ज्ञटद्द) नगरलाई हरियाली, वातावरणमैत्री र स्वच्छ वनाउनका लागि वर्षदिन भरिमा वृक्षारोपण कार्यक्रम सञ्चालन र क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । (ज्ञटघ) वैदेशिक रोजगारीबाट फर्केका वा स्वदेशमा नै रहेका व्यक्तिहरुलाइ वन र कृषिमा आधारीत  उत्पादनसंग जोडी रोजगारी सृजनाका लािग परामर्श डेस्क सञ्चालन गर्न रु २ लाख विनियोजन गरिएको छ ।(ज्ञटद्ध) समुह, सहकारी, निजी क्षेत्र, संघ, महासंघ र संस्थाहरुसँग सहकार्यमा दीगो वन व्यवस्थापन कार्यक्रम। वन उद्यम विकास र हरित रोजगार सृजना गर्नका लागि रु ५० लाख वजेट विनियोजन गरिएको छ ।
विपद् व्यवस्थापन
(ज्ञटछ) विपद् पूर्व तयारी, खोज, उद्दार तथा राहत कार्यलाई प्रभावकारी वनाउन आवश्यक सामग्री खरिदका लागि रु २० लाख विनियोजन गरिएको छ । (ज्ञटट) कोभिड १९ लगायत अन्य विपद जोखिम न्युनीकरण, उद्दार, राहत, पुर्नस्थापन  लगायतको कामका लागि विपद् व्यवस्थापन कोष सञ्चालन गर्न २ करोड विनियोजन गरिएको छ ।(ज्ञटठ) समुदाय, वडा र नगरस्तरमा विपद् नमुना अभ्यास, विपद्को लेखाजोखा, विपद् प्रतिकार्य तालिमका लागि रु १२ लाख विनियोजन गरिएको छ ।
भूमी व्यवस्था तथा नाप नक्सा
(ज्ञटड) सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि जग्गाको डिजिटल अभिलेख तयार पार्न आवश्यक वजेट विनियोजन गरिएको छ ।(ज्ञटढ) सुकुम्बासी पहिचान एवम् तथ्यांक संकलनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।(ज्ञठण्) भूमी बैक स्थापना र जग्गा बाँझो राख्नेको लगत संकलन र व्यवस्थापनका  आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञठज्ञ) भूमि करलाइ वैज्ञानिक र प्रभावकारी बनाउनका साथै राजश्व वृद्धिमा टेवा पुर्याउन बाटोको लगत कट्टा कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरिएको छ । (ज्ञठद्द) नदीजन्य कटान बाढी पहिरो, आगलागी लगाएतका प्राकृतिक र मानविय कारणले भएको क्षतिको लगत संकलनका लागि आवश्यक वजेट बिनियोजन गरिएको छ ।(ज्ञठघ) तुलसीपुर उपमहानगरपालिकाको डिजिटल भूउपयोग नक्सा निर्माणका ड्रोन क्यामरा खरिद तथा सर्वेक्षण कार्यका लागि आवश्यक वजेट बिनियोजन गरिएको छ ।
उपभोक्ता हित संरक्षणः(ज्ञठद्ध) कालोबजारी नियन्त्रण तथा स्वच्छ र प्रतिष्पर्धि नियमित बजार अनुगमनमा आवश्यक रकम बिनियोजन गरिएको छ ।(ज्ञठछ) खाद्यबस्तुको नमुना संकलन तथा गुणस्तर परीक्षणका लागि रु १० लाख बिनियोजन गरिएको छ ।
राजश्व प्रशासन सुधार ः(ज्ञठट) राजश्व प्रशासन सुधार, संक्षिप्त तथा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गर्न, नदिजन्य पदार्थको अवैध उत्खनन्लाई प्रबिधिमैत्री अनुगमन र नियन्त्रणको लागि रु १५ लाख बिनियोजन गरिएको छ ।(ज्ञठठ) करदाता  वितरण डिजिटल प्रर्णालीमा आवद्ध गरी प्रत्येक करदातालाई त्गकिष्उगच क्mबचत त्बहउबथभच ऋबचम बितरण र प्रयोगको लागि रु १ लाख ५० हजार बिनियोजन गरिएको छ । (ज्ञठड) बढि कर तिर्ने करदाता सम्मान र प्रोत्साहन कार्यक्रमका लागि रु ५० हजार विनियोजन गरिएको छ । (ज्ञठढ) तुलसीपुर उपमहानगरपालिका भित्र लिइने सबै करहरुलाई एउटै प्रणालीमा आवद्ध गर्नका लागि आवश्यक सफ्टवेयर खरीद गर्न रु ६ लाख बजेट विनियोजन गरिएको छ ।
प्रशासन तथा जनशक्ति विकास
(ज्ञडण्) नगर कार्यपालिका र वडा कार्यालयको सार्वजनिक सेवा बडापत्र निर्माण, कार्यालय अटोमेसन र प्रविधि विकासको लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञडज्ञ) नगर कार्यपालिका कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणकका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञडद्द) सुशासन प्रवद्र्धन, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकासका लागि ८ लाख विनियोजन गरिएको छ । (ज्ञडघ) तुलसीपुर सिटी मेडल तथा विभुषण प्रदान कार्यक्रमका लागि रु २ लाख विनियोजन गरिएको छ । (ज्ञडद्ध) तुलसीपुर नगर प्रहरी, उत्पादन तथा निर्माण व्रिगेड निर्माण र सञ्चालनका लागि ४० लाख विनियोजन गरिएको छ  (ज्ञडछ) विभिन्न उत्सव,महोत्सव, दिवस , सभा सम्मेलन, समारोह , कर्मचारीको स्वागत विदाइ र पाहुँनाहरुको लागि मायाको चिनो लगायतका कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ ।

(ज्ञडट) उपमहानगरपालिका कार्यालय परिसर तथा वडा कार्यालयहरुमा आगन्तुक तथा सेवाग्राहीका लागि सूचना तथा ज्ञान आदान प्रदान गर्न रिडिङ कर्नर तथा पर्यटकीय सूचना डेस्क स्थापनाका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञडठ) तुलसीपुर जनशक्ति विकास स्रोत केन्द्र स्थापनाका लागि आवश्यक वजेट व्यवस्था गरिनेछ । (ज्ञडड) उपमहानगरपालिकाको चल अचल सम्पत्ति, सार्वजनिक जग्गा,सार्वजनिक सम्पत्ति, सार्वजनिक भवन, पूर्वाधार संरचनाहरुको अध्यावधिक गर्न सम्पत्ती व्यवस्थापन कार्ययोजना बनाई लागु गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । (ज्ञडढ) कार्यालयमा रहेका अनावश्यक कागजात धुल्याउने तथा कर्मचारीहरुको विवरण डिजिटाइजेसन गर्नका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ । (ज्ञढण्) सेवा अवधि बाँकी रहदै अवकाश लिन चाहने स्थानीय तहका स्थायी कर्मचारीहरुका लागि निर्माण भएको कर्मचारी व्यवस्थापन ऐन २०७७ बमोजिम आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
व्यवस्थित शहरीकरण र भवन विकास
(ज्ञढज्ञ) तुलसीपुर नगरक्षेत्रमा ःभतचष्अ क्तचभभत ब्ममचभककष्लन क्थकतझ लागु गर्न र घर नम्बर राख्ने कार्यका लागि रु  १५ लाख विनियोजन गरिएको छ । (ज्ञढद्द) कोभिड १९ को महामारीको कारण रोजगारी गुमाएर बिदेशवाट फर्किएका इच्छुक तुलसीपुरबासीलाई रोजगारी सृजना गर्न भुकम्प प्रतिरोधि भवन निर्माणको तालिम दिनका लागि रु ५ लाख विनियोजन गरिएको छ । (ज्ञढघ) भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अवलम्बन गरी छिटो छरितो सेवा प्रवाह गर्दै पुराना मिसिलहरुलाई विद्युतिय अभिलेखिकरण  गर्ने कार्यको सुरुवातका लागि रु ७ लाख विनियोजन गरिएको छ ।(ज्ञढद्ध) स्मार्ट सिटी, मेगासिटी परियोजना, सघन शहरी विकास कार्यक्रम, स्पोर्ट सिटी कार्यक्रम, नगर गुरुयोजना अनुसारका परियोजनाहरु समेटेर परियोजना बै पुस्तिका तयार गरिनेछ । उपरोक्त आयोजनाहरु संघ तथा प्रदेश सरकारको सहयोग, निजी, सहकारी तथा समुदायको सहकार्यमा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ । (ज्ञढछ) तुलसीपुर उपमहानगरपालिकाको नगर सभा भवन, तुलसीपुर सभागृह र बहुउद्देश्यीय सम्मेलन केन्द्रको विस्तृत परियोजना प्रस्ताव तयार गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ । (ज्ञढट) वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शाखा महाशाखाका कार्यालयहरु सञ्चालनका लागि भवन निर्माण तथा मर्मत गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
सरसफाई तथा फोहोरमैला व्यवस्थापन(ज्ञढठ) नगरको फोहोरलाई  मोहोरमा बदल्न र  दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि  १ करोड विनियोजन गरिएको छ ।(ज्ञढड) बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्न रु. ५ लाख विनियोजन गरिएको छ ।(ज्ञढढ) अस्थायी ल्याण्डफिल साइटको मर्मत तथा व्यवस्थापनमा रु. १० लाख विनियोजन गरिएको छ ।(द्दण्ण्) आकस्मिक नाला सरसफाई कार्यक्रमको लागि रु. २५ लाख विनियोजन गरिएको छ ।(द्दण्ज्ञ) पूर्ण सरसफाईयुक्त नगरका लागि आवश्यक वजेट व्यवस्था गरिनेछ । (द्दण्द्द) तुलसीपुरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक वजेट व्यवस्था गरिएको  छ ।
यान्त्रिक व्यवस्थापन
(द्दण्घ) नगरकार्यपालिका अन्तर्गतका सवारी साधन मर्मत सम्भारका लागि रु. ४० लाख विनियोजन गरिएको छ ।(द्दण्द्ध) इन्धन खरिदका लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ । (द्दण्छ) उपमहानगरपालिकाका सबै सवारी साधनहरुमा जिपिएस ट्रयाकिङ्ग प्रणाली जडान र अद्यावधीक गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । (द्दण्ट) यान्त्रीक साधनहरुको मर्मत, सम्हार तथा पार्किङ्गका लागि तुलसीपुर यन्त्रशाला, फ्युल पम्प स्थापना गरी सञ्चालन गर्न रु १ करोड विनियोजन गरिएको छ । (द्दण्ठ) यान्त्रीक साधनको विमाको लागि आवश्यक वजेट व्यवस्था गरिएको  छ ।
सडक तथा पूर्वाधार विकास (द्दण्ड) तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको सडक यातायात गुरुयोजना अन्तर्गत सडक यातायात पूर्वाधार विकास, यान्त्रीक उपकरण खरिद, परियोजना क्रसर उद्योग, पेट्रोल पम्प र रोजगारी सृजनाका निम्ती तुलसीपुर विकास प्राधिकरण मार्फत आयोजना सञ्चालन गर्न रु २५ करोड  विनियोजन गरिएको छ । (द्दण्ढ) पूर्वाधार निर्माण सामाग्री तथा निर्माण कार्यको गुणस्तर परीक्षण प्रयोगशाला निर्माणको लागि रु. ३० लाख विनियोजन गरिएको छ ।(द्दज्ञण्) संघ तथा प्रदेश सरकारसँग समन्वय गरी समपुरक र विशेष अनुदानमा कार्यक्रम आयोजना सञ्चालन गर्न उपमहानगरपािलकाले आवश्यक वजेट विनियोजन गरिएको छ  ।(द्दज्ञज्ञ) नगद लागत र जनसहभागितामा ५० प्रतिशतसम्म योगदान आएमा प्राथमिकताका आधारमा कार्यान्वयन गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । (द्दज्ञद्द) तुलसीपुर चक्रपथ निर्माणका लागि रु १ करोड ४० लाख, तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि रु २ करोड प्रदेश सरकार मार्फत बजेट व्यवस्था गरिनेछ । (द्दज्ञघ) सम्बन्धित टोल विकास संस्थाको ५० प्रतिशत सहभागितामा सडक वत्ति जडान गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
सुरक्षित वस्ति विकास
(द्दज्ञद्ध) न्यून आय भएका परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत खरको छानो मुक्त गरेर जस्तापाता वितरणका लागि मेयर सुरक्षित आवास कार्यक्रमका लागि रु २ करोड विनियोजन गरिएको छ (द्दज्ञछ) नदीजन्य प्रकोप नियन्त्रणका लागि संघ तथा प्रदेश सरकारको समन्वयमा काम गर्नका लागि रु २० लाख विनियोजन गरिएको छ  ।(द्दज्ञट) आवश्यक वडामा क्वारेन्टाइनका लागि समेत उपयोग गर्न सकिने गरी बहुउपयोगी हलको निर्माणका लागि बहुवर्षिय योजना अन्तर्गत रु १ करोड विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण
(द्दज्ञठ) ज्येष्ठ नागरिक तथा असक्त, अपांग भएका एकल महिला लगायतका समुदायका लागि सामाजिक सुरक्षा वाफत रु ३० करोड बजेट व्यवस्था गरिएको छ । (द्दज्ञड) सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सञ्चालनका लागि संघ सरकारको अनुदानबाट रु ७१ लाख विनियोजन गरिएको छ ।
आन्तरिक ब्यवस्थापन तथा खरीद
(द्दज्ञढ) नगर कार्यपालिका कार्यालयको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त र पारदर्शीका साथै सेवाग्राही मैत्री वनाउन आवश्यक सामग्री खरीद तथा व्यवस्थापनका लागि रु १ करोड विनियोजन गरिएको छ । (द्दद्दण्) कर्मचारी तथा जनप्रतिनिधिको सामुहिक तथा म्यादी विमा कार्यक्रमका लागि आवश्यक वजेट व्यवस्थापन गरिएको छ ।  विविध(द्दद्दज्ञ) नगर विकास कोष, युएनसिडिएफ, तयार नेपाल, साझेदारी कार्यक्रम, युनिसेफ, जिआइजेड, युएसआइडी, डिएफआइडि, सुरक्षित आप्रवासन कार्यक्रम (सामे) लगायतको साँझेदारीमा सञ्चालन गरिने कार्यक्रमा सहकार्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु, माथि उल्लेखित वजेट र कार्यक्रमहरुको अतिरिक्त नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान सम्वन्धि कार्यक्रम र माथि उल्लेखित कार्यक्रमहरुको विस्तृत विवरणहरु यसै साथ परिच्छेदमा संलग्न गरिएको छ । ती परिच्छेदहरुलाई आय,व्यय र योजनाको विवरणहरुलाई आर्थिक ऐन र विनियोजन विधेयकको अंगका रुपमा समावेश गरिएको छ ।  अन्तमा यस सम्मानित नगर सभामा वजेट मन्तव्य यही पुरा गर्दै यस तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को सेवा र कार्यहरुलाई स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सन्दर्भमा व्यवस्था गर्न वनेको ऐन (तुलसीपुर उपमहानगरपालिकाको विनियोजन ऐन) प्रस्तुत गरिन्छ ।                                                          धन्यवाद

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया