ब्राजिल विश्वकप आयोजनाको दौडबाट बाहिर निस्कियो

  जेठ २८, २०७७

काठमाडौ, २८ जेठ ।
ब्राजिलले सन् २०२३ मा हुने महिला विश्वकप फुटबल आयोजनाको दौडबाट हटेको जनाएको छ । कोरोना भाइरसको प्रभावका कारण ब्राजिलले महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो । उसले कोरोनाका कारण फिफालाई आवश्यक पर्ने बित्तिय आश्वासन दिने स्थितीमा आफू नरहेको समेत बताएको छ ।

Advertisement

ब्राजिल फुटबल महासंघले आफूले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो । महिला विश्वकपको दौडमा अब कोलम्बियासहित जापान तथा अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेश गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस