तुलसीपुर १७ जेठ ।
तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्धारा वितरण गरिएको पानीमा कोलिफर्म नभएको पाईएको छ । पानी परिक्षणका लागी गएको मंगलवार नमुना संकलन गरिएको थियो । संस्थाको दुई वटा पानी ट्याङकी, पानी मुहानको एउटा च्याम्वर र तिन वटा धाराको P\A भाइल जाच गर्दा नतिजामा कोलिफर्म नदेखिएको तुलसीपुर उपमहानगरपालिका वास कार्यक्रम संयोजक सुरज वलीले जानकारी दिएका छन् ।
केहि समय अघि उक्त संस्थाका केहि उपभोक्ताहरुमा झाडा पखला समस्या देखीएपछि पानीमा कोलिर्फम भएनभएको जाँज गरिएको हो । झाडा पखाला देखीनुको कारण दुषित पानी भएको आसंका गरिएपछि खानेपानीको अनुगमन समेत गरिएको थियो । हिउदे वर्षा हुदा मुहानमा भल पसेको र बिगत एक बर्ष यता खानेपानीको कुनै पनि संरचना सरसफाइ समेत नगरेको हुदा पानी दुषित भैइ झाडापखाला लागेको अनुगमन टोलीले बताएको छ ।
अहिले त्यस क्षेत्रमा झाडा पखला पनि नियन्त्रणमा आईसकेको छ । उक्त खानेपानी योजनाको पानी टंकी तथा संरचना पनि सरसफाई गरिएको संयोजक वलीले जानकारी दिएका छन् । साथै खानेपानीको टंकीमा अहिले क्लोरिन राखेर पानी शुद्धीकरणको विधि अपनाई पानी बितरण गरिएको छ ।यसैविच नियमित योजनाको अनुगमन , संरचना सरसफाई ,मुहानमा भल तर्काउने जस्ता कार्य गर्न समितिलाई सुझाव दिईएको छ ।