ग्वारखालामा जेसीवी माथि आगजनी गरेको आरोपमा दुई जना पक्राउ

तुलसीपुर, १२ जेठ ।

ग्वारखोलामा पार्किङ गरी राखीएको जेसीवीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ४ बस्ने ४७ बर्षिय लोकमणि आचार्य र वडा नम्वर १९ बस्ने ३९ बर्षिय कृष थापा रहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

नदीजन्य पर्दाथ उत्खनन् गर्ने क्रममा शनिवार राती माथिल्लो हलवार ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवी माथी आगजनी भएको थियो ।

तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी अज्ञात समुहले आगजनी गरे पनि ईलाका प्रहरी कार्यालय तु्लसीपुरले अनुसन्धानलाई अघि बढाएको थियो । आगजनीबाट जेसीवी पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया