सामुहिक बलात्कार काण्ड :  तुलसीपुरका विकास पनि पक्राउ

तुलसीपुर, ९ जेठ

सामुहिक बलात्कार काण्डमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर– १८ अकासी निबासी १९ बर्षका विकास विक रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले भने अनुसन्धानमा बाधा पुग्ने भन्दै केहि पनि खुलाएको छैन । अभियुक्तलाई प्रहरीले घरबाटै आज दिउसो पक्राउ गरेको हो ।

मोबाईलबाट एसएमएस गरि युवति बेलाउने पे्रमि पारस खड्का भने पक्राउ परिसेका छन् । घटनामा संलग्न अन्य विनोद घर्ती, आशिष परियार र सन्तोष विक फरार रहेको प्रहरी स्रोतले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया