विपन्न समुदायलाई राहतबाट छुटाउदैनौं 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा स्थानीय सरकारहरु अहिले के गरिरहेका छन् ? सबैको चासोको विषय हो । लकडाउनका कारण शहर बजारहरु बन्द छन् । कामकुरा रोकिएको छ । दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरु अहिले सबै भन्दा बढि मारमा परेका छन् । उनिहरुका लागि सरकारले के गरिरहेको छ त ? लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीसंग हाम्रा लमही तुलसिपुरखबरकर्मी शिवु खनालले गरेको कुराकानी सारसक्षेपः

१, आज भोलि के काममा व्यस्त हुनुहुन्छ ?

खास गरिकन अहिले जुन किसिमको अहिले महामरी देखिएको छ । यो विश्व व्यापीको रुपमा देखिएको कोरोना भाइरसबाट यहाँका जनताहरुलाई बचाउन सकिन्छ भनेर नगर सरकारले नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा लागु गराउनका निम्ती हामी सबैजना, यहाँका नागरिकहरुलाई सचेत गराउने काम गरिरहेका छौँ ।

पहिलो चरणको त्यो काम गरिसकेपछि यो लामो समय लकडाउन भएको कारणले विभिन्न खालका समस्याहरु भमएका छन् । ति समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ, खास गरिकन जनताहरुमा अझै लामो समय सम्म काम गर्न नपाएपछि, काम गरेर जिविकोपार्जन गर्ने जन समुदायहरुलाई खाना नपाएर छटपटाउने स्थिती बन्या छ, त्यसलाई कसरी अन्त्य गर्न सकिन्छ र त्यो राहत वितरणलाई कसरी पार्दर्शी गर्न सकिन्छ, कसरी वास्तमा भोकाका निम्ती भोजन बनाउन सकिन्छ, त्यो अनुरुप हामी अगाडि बढि रहेका छौँ ।

त्यती मात्रै नभएर अहिले पूर्व सुचना जारी नगरी धेरै भन्दा धेरै मान्छेहरु अलपत्रमा परेका छन् । लामो समय अलपत्र परेका सर्वधारणलाई कसरी आफ्नो गन्तब्यमा एउटा पालिकाले अर्को पालिकासंग समन्वय गरी पु¥याउन सकिन्छ, त्यो पु¥याउने काम र ति पैदल यात्रीहरुलाई खानाको व्यवस्थको काम त्यसैगरी लामो समय लकडाउनका कारण नगरबासीहरुका पनि विभिन्न समस्याहरु छन् । जस्तै दिर्घ रोगीहरुले औषधी खाने कुरा छ, यस्तै यावत समस्याहरुलाई समाधान गर्नका निम्ती म नगर प्रमुखको हैसियतले हामी अहोरात्र फिल्डमै खटिरहेका छौँ ।

 लकडाउनको बेला नगरबासीको समस्या बुझ्न घर घरमा कत्तिको पुग्नु भएको छ यहाँ ?
हो, हजुरले ठिक भन्नुभयो । हामीले नगरबासीहरुलाई सहयोग गर्नुपर्ने काम थुप्रै रहेको छ । हामी जनप्रतिनिधि जनताहरुको भावन बुझ्ना जानु पनि पर्छ । त्यसो भएको हुनाले यि समस्याहरुलाई सबैलाई समाधान गर्ने, जनताहरुको घर–घरमा जाने, नगरका विभिन्न गाउँ–गाउँमा पुग्ने गरि प्रत्येक्ष जनताहरुको समस्या बुझ्ने गरेका छौँ ।

हाम्रो वडा कार्यालयका जनप्रतिनिधि साथीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई खटाएका छौँ र उहाँहरुबाट कहाँ के समस्या प¥यो रिपोटीङ्को आधारमा समस्याको समाधान गरेका छौँ । अस्ती भर्खरै लमही नगरपालिका वडा नम्बर ९ तरुलीयामा इटाभट्टाबाट मान्छेहरु आउनु भएको छ भन्ने खबर पाएपछि नगरको स्वास्थ्य टोली लगेर उहाँहरुको स्वास्थ्य परिक्षण गर्ने काम ग¥यो र सबै जनताहरुलाई आह्वान गरेका छौँ

तपाईहरुलाई खाद्य सामाग्रीको वास्तवीक समस्या पर्न गएको छ भने लमही नगरपालिका क्षेत्रमा कसैलाई पनि हामीले भोको नहुन दिनका निम्ती हामीले पहल गरेका छौँ । यद्यपी हामीले गरेका कामहरुमा केही कमजोरी हुन सक्छ, कसैले नपाउने पनि राहत पाएको हुन सक्छ, कोही पाउनै पर्नेले पनि नपाएका हुन सक्छ, छुट्न भएको हुन सक्छ ।

यस्ता मान्छेलाई अझै भेरीफाइ गर्नको लागि एउटा संयन्त्र बनाएका छौँ । त्यो संयन्त्रलाई परिचालन गरेका छौँ । यसरी जनातहरुको बिचमा प्रत्येक्ष नगर प्रमुख सबै जनताहरुको घरमा नगएपछि हामीले बनाएको संयन्त्रको माध्यमबाट हामी पुगेको छौँ भन्ने मलाई लाग्छ ।

 नगर सरकारले कसरी राहत उपलब्ध गराएको छ नगरबासीलाई ?

यो राहत वितरण गर्ने कुरा अलि जटिल बन्या छ । लामो समय लकडाउन भइसकेपछि काम गर्न नपाएपछि भोकले नमरुन भन्ने ढंगले नेपाल सरकारले पनि त्यो योजना बनाइ रहेको छ र हामीले पनि व्यवस्थित ढंगले योजना बनाएका छौँ । हामीले यो काम एकद्धार प्रणालीबाट जानुपर्छ भनेर सबै सहयोग दाताहरुलाई आह्वान गरेका छौँ । धेरै सहयोगीहरुले लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आफ्नो सहयोगहरु जम्मा गर्नु भएको छ । कोषमा जिन्सी, नगद दुबै छ ।

त्यसालाई हामीले कसरी एकद्धारा प्रणालीबाट सबैलाई कसैलाई नदोहरीने गरी र कोही पनि नछ्ट्ने गरी कसरी वितरण गर्न सकिन्छ भनेर हामीले एउटा संयन्त्र बनाएका छाँै । पहिलो संयन्त्र भनेको सबैभन्दा तल्लो सरकार, जस्को जनतासंग असाध्यै नजिक भएको सरकार भनेको टोल विकास संस्था हो । टोल विकास संस्थालाई हामीले भनेका छाँै, तपाईहरुको टोलमा भएको जो अतिविपन्न र जस्ले काम नगरे पछि उहाँहरुको घरमा चुलो बल्दैन त्यस्ता मान्छेहरुको नामा सिफारिस गर्नुहोस् भनेर टोल विकास संस्थालाई सिफारिस गर्न लगाएका छौँ ।

उहाँहरुले सिफारिस गरिसकेपछि वडा कार्यालयमा आएर निर्णय गर्दा वडाका पाँचजना जनप्रतिनिधि र त्यो वडामा रहेका क्रियासिल राजनितिक दलका प्रतिनिधिहरुको रोहबरमा टोल विकास संस्थाले पठाएको नामाहरु भेरीफाइ गर्ने र त्यसपछि राहत वितरण गर्ने हामीले एउटा संयन्त्र बनाएका छौँ ।

त्यो संयन्त्र बमोजिम प्रत्येक वडा वडामा र टोल टोलमा राहत वितरणको पहिलो चरणको काम सम्पन्न भएको छ । त्यस कारणले मलाई लाग्छ अन्य पालिका भन्दा लमही नगरपालिका पृथक ढंगले अगाडि बढेको छ । अरु नगरपालिकामा त्यहाँका भोटर हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने भन्ने क्राइट एरीया राखेका कारणले समस्या भयो भन्ने हामील्े सुनिरहेका छाै ।

तर लमही नगरपालिकामा हामी यो नगर क्षेत्रभित्र रहेका जोसुकै भएपनि चाहे विदेशी हुन्, चाहे स्वदेशि हुन् यो विपद्को बेला सबैलाई बचाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडि बढि रहेका छाँै । यो संकटको घडिमा यती बेला जनताहरुको नागरिता हेर्ने, हाम्रा भोटर लिष्टमा नाम हेर्ने बेला होइन । यो मानविय दृष्टि कोणले राम्रो होइन । त्यस कारण यहाँ भएका कोही पनि मान्छेहरु भोकले मर्न हुदैन भन्ने मनसायका साथ लमही नगरपालिका एउटा संयन्त्र मार्फत व्यवस्थित ढंगले अगाडि बढि रहेको छ ।

यो विपद्को बेला घरमै राहत र्पुयाउदा के भन्छन् नगरबासीले, कस्तो अनुभुती पाउनु भएको छत यहाँले ?

विशेषगरी यो विपद्को बेला मान्छेहरु खुसि हुनु स्वभाभिक कुरा हो । राज्य रहेछ, हामी राज्यका नागरिक भएका कारणले हामीलाई समस्या पर्दा राज्यले हेर्ने रहेछ भन्ने महशुस हुन स्पभाभिक छ । त्यस कारणले जनताहरु खुसि छन् तर, पनि के हो भने, प्राप्तीले मान्छे सन्तुष्टि हुदैन । एउटा चिज प्राप्त गरेपछि अर्को चिजको आसा लाग्ने जिज्ञासा लाग्ने त्यो स्वभाभिक कुरा हो ।

त्यस कारणले एक पटक राहत प्राप्त गरेर धेरै सनतुष्टि भइहाल्छन् भन्ने कुरा उनिहरुबाट धेरै प्रशंसका कुराहरु सुन्नै पर्छ भन्ने मलाइ लाग्दैन तर पनि हामीलाई राज्यले मर्न दिदैन । राज्य छ भन्ने खालको राज्य भएको अनुभुति गर्न पाउँनु भएको छ तर त्यो भन्दा बढि नपाउनेहरु उहाँहरुले चाहि गुनासो गरिरहनु भएको छ ।

हामी पनि नेपालका नागरिक हौँ, हामीलाई किन भेदभाव गरियो भन्ने गुनासो गर्नू भएको छ । उहाँहरुले धेरै कुरा बुझ्नु भएको छैन वा बुझ्न चाहानु भएको छैन, यो संकटको घडि हो । यति बेला हुनेले नहुनेलाई सहयोग गर्ने हो । त्यस कारणले हामीले राज्यले दिएको बराबर पाउँनुपर्छ भन्ने भन्दपनि जोसंग केही छैन त्यसलाई दिनुपर्छ, राज्यले त्यसलाई दिएको छ ।

हामीले बरु राज्यलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले जागरितहुन आवश्यक छ, त्यो कही कतै कमी कमजोरी देखियो । अलिहे वडाले खाद्य सामाग्री वितरण गरिसकेपछि पछिल्लो चरणमा बाकि रहेका वास्थमा भोका छन्, केही नभएका कोही छुटेका रहेछन भने हामी नगरपालिकाबाट सिधै नगर प्रमुख,उप प्रमुख लगायतको टोलि गएर वितरण गर्ने भनेर निर्णय गरेका छौँ । यसरी हामीले राहतलाई असाध्यै व्यवस्थित ढंगले वितरण गरेका छाै ।

वडाध्यसंग कसरी समन्वय गरि राहत वितरण गरिरहनु भएको छ यहाँले ?

हामीले कार्यपालिकाको निर्णय मार्फत टोल विकास संस्थको सिफारिस र वडाको पाँचजना जनप्रतिनिधि र सोही वडाकै सर्बदलिय समितिले निर्णय ग¥यो भने खाद्य सामाग्री वितरण गर्ने अधिकार हामीले दिएका छौँ । त्यसो भएको हुनाले टोल विकास संस्था जनतासंग सबैभन्दा नजिकैको सरकार भएके हुनाले हामी प्रमुख र उप प्रमुख सबै ठाउँमा जानै पर्छ भन्ने छैन । यो हाम्रो निर्णयबाट भएको काम हो । त्यसो भएको हुनाले वडाध्यक्षहरु पनि सम्पर्कमै रहेछ वडाहरुमा खाद्य सामाग्रीहरु वितरण गर्नु भएको छ । केही वडाहरु विवादहरु पनि आएका छन् । त्यो विवाद भएको वडाहरुमा समाधान गर्नुस् भनेर निर्देशन पनि गरिएको छ । सबै हामी निर्णयको आधारम व्यवस्थित ढंगले अगाडि बढेका छौँ ।

६, नगरको पहिलो चरणको राहत वितरण भैसक्यो, दोस्रो चरणको राहत वितरणको तयारी के भैराको छ ?
धन्यवाद । यो असाध्यै राम्रो कुरा गर्नुभयो । अव यो लकडाउनको कुरा कहाँ सम्म पुग्ने हो त्यो अझै थाहा छैन तर पनि राहतको पहिलो चरणको प्याकेज सकियो ।

हामीले प्रत्येक वडाहरुमा पाँच÷पाँच लाखको दरले वडाको विपद् व्यवस्थापन कोषमा उक्त रकम राखेर आवश्यता अनुसार राहत वितरण गर्ने भन्यो र थुप्रै मान्छेहरुलाई राहत वितरण भयो । राहत वितरण भइसकेपछि अझै लकडाउन थपिन थाल्या छ, थपिदै जान थाल्यपछि मान्छेहरुमा के कुरा आएको छ भने राहत पाइदो रहेछ भनेर जस्लाई धेरै समस्या छैन उहाँहरुले पनि दावी गरिरहनु भएको छ । त्यसो भएको हुनाले हामीले कार्यपालिका बैठक मार्फत एउटा नयाँ कुरा गर्दैछौँ ।

नेपाल सरकारले विकासका केही योजनाहरु काम गर्न दिने भनेर निर्णय गरेको छ । अस्ती हामी जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर पनि त्यो कुराको निर्णय गरेका छौँ । त्यसको आधारमा लमही नगरपालिकाका अव सबै वडाहरुमा दुइ दुइवटा योजनाहरुको काम पनि सबै मापडण्ड पु¥याएर काम अगाडि बढाउनेछाै ।

मान्छेलाई हामीले काम नपाएका कारणले गर्दा भोकभोकै मर्ने स्थिति सृजना भयो भन्ने छ । त्यो कुरालाई सम्बोधन गर्नको निम्ती जस्ले काम नगरेर घरमा छाकै बसेको छ, त्यस्ता मान्छेलाई त्यो योजनाको काममा लगाउने र उहाँहरुलाई त्यसबाट आएको रकमले जुन भोकले मर्न पर्ने स्थिति छ त्यो अन्त्य हुने उद्देश्यका साथ हामी योजनाहरु संचालन गर्दैछौँ । त्यस कारण मैले यो तुलसिपुर खबर अनलाइन मार्फत सम्पूर्ण नगरबासी आदरणीय दाजुभाइ तथा दिदि बहिनीहरुलाई म अनुरोध गर्न चाहान्छु कि जस्ले काम नपाएर हामीलाई समस्या भयो हामीलाई रोजगारी दिनुप¥यो भन्ने लाग्या छ भने तपाईहरु वडाका प्रत्यके वडाध्यक्षहरुसंग सम्पर्क गरी हामीलाई कुनैन कुनै काम लगाउनुस् भन्नुभयो भने योजनाको काममा लगाउनु हुनेछ र त्यो समस्याको समाधान हुनेछ । यसरी हामी सबै नगरबासीहरु हामीले पनि गरेर खानुपर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ । यो राज्य यो राष्ट्र हाम्रै हो । यो राज्यको रकम राहतमा वितरण गरेर सबै सक्दा भोली हाम्रै पैसा सकिने हो । त्यस कारणले हामीले काम गरेर खानुपर्छ भन्ने सोचको विकास हुन पनि आवश्यक छ ।

 समस्यामा परेका नगरबासीलाई के भन्न चाहानुहुन्छ यहाँले ?

मैले अगिपनि धेरै कुराहरु बोली सकेको छु । जसलाई यि सबै कुराहरु गर्दा पनि समस्या छ भने लमही नगरपालिका तपाईहरुको सेवामा हाजिर छ । हामी भनि रहेको छौँ, हाम्रा नगरबासीहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउनका निम्ती योजना बनाएका छौँ । त्यो योजना बमोजिम सम्बोधन भए नभए मैले सधै भन्ने गरेको छु, हाम्रो संविधानको मौलिक हकमा खाद्यन्नको हक हुनेछ त्यो व्यवस्था गरेको छ । त्यस कारणले मान्छे कोही पनि भोकले मर्न पर्दैन । राज्यले व्यवस्था गर्छ ।

अन्त्यमा केही छुट्यो कि ?

सम्पूर्ण नगरबासीहरुमा फेरी पनि अपिल गर्न चाहान्छु राज्ले निर्देशन गरेको लकडाउनलाई प्रभावकारी रुपम यसलाई लागु गर्नका निम्ती जुन खालको संयमता देखाउनु भएके छ, यसका निम्ती म सबै नगरबासीहरुलाई नगर प्रमुखका हैसियतले हार्दिक धन्यवाद गर्न चाहान्छु र सबै नगरबासीहरुको सु–स्वास्थ्यको कामना गर्न चाहान्छु ।

यो महामारीले लमही नगरपालिका भित्र कतै नछुवस् भन्न चाहान्छु र सबै नगरबासीहरुलाई अझै संयमम र धैर्य भएर यो लकडाउनलाई पूर्ण रुपम लागु गर्नका निम्ती आग्रह गर्न चाहान्छु । साथै मेरो नगरपालिकाको गतिविधि संचारको माध्यमबाट बाहिर ल्याइदिएकोमा यो तुलसिपुरखबर डटकमलाई विशेष धन्यवाद दिन चाहान्छु । आगामि दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया