एक गाउँपालिकाबाटअर्को गाउँपालिका जान रोक

चैत्र २२, २०७६  

काठमाडौं, २२ चैत्र 

Advertisement

सरकारले भोलीदेखि लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद बैठकले एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनलाई पुर्ण रुपमा रोक्ने निर्णय गरेको अर्थ तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।

Advertisement

११ चैतदेखि लागु लकडाउन सरकारले बढाएर २५ चैतसम्म पु¥याएको थियो । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रुपमा लागु गर्दै घरमै बस्न सरकारले पुनः अपिल समेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाई गरिने सरकारका प्रवक्ता समेत रहेको मन्त्री डा. खतिवडाले बताए


प्रतिक्रिया दिनुहोस