बिजौरीमा भाेलिदेखि मासु पसल खुल्ने

चैत्र २२, २०७६  

तुलसीपुर, २२ चेत्र

Advertisement

बिजौरीमा रहेका मासु पसल खुल्ने भएका छन् । बिजौरी उद्योगबाणिज्य संघको पहलमा जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएपछि त्यस क्षेत्रमा रहेका मासु पसलहरु खुल्ने भएका हुन् ।

Advertisement

मासु पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने व्यवसायी होमबहादु बस्नेतले जानकारी दिए ।व्यवसायी बस्नेतका अनुसार बिजौरी बजारमा १० वटा मासु पसल छन् ।

Advertisement

मासु पसल खुलेसंगै त्यस आसपासमा तयार अवस्थामा रहेका कुखुरा बिक्री हुने र किसानले राहत पाउने बिजौरी उद्योगबाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए । मासु पसल भोली देखि खुल्ने छन् ।


प्रतिक्रिया दिनुहोस