नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै

चैत्र २२, २०७६  

काठमाडौं , २२ चैत्र

Advertisement

नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै कोरोना संक्रमण पुष्टि भएकी ती महिला पहिलो व्यक्ति हुन् ।

Advertisement

धनगढीकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती ३४ वर्षीया महिलालाई नातामा देवर पर्नेले कोरोना भाइरस सारेका हुन् । उनका देवरमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पता

Advertisement

लमा उपचार भइरहेको छ । देवरलाई संक्रमण पुष्टि भएपछि परिवारका १० जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।
केही दिनअघिसम्म ६ जनामा पुष्टि भएकोमा आज एकै दिन थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक मुम्बईबाट फर्केका धनगढीका २१ वर्षीय एक जना पुरुष, भारत उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरुष र धनगढीमा बस्दै आएकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस