साझेदारी विकास मञ्चको सहयोग

चैत्र २०, २०७६  

तुलसीपुर,२० चैत ।

Advertisement

विपन्न परिवारलाई साझेदारी विकास मञ्चले खाद्यान्न सामाग्री तथा २५० थान मास्क वितरण गरेको छ । दैनिक ज्यालादारीमा काम गर्दै आउनुभएका तुलसीपुर (३ डाँडाखृटी निवासी एकल महिला कमला सुनार तथा अशक्त वृद्ध पहवीर वाँठा मगरलाई खाद्यान्न वितरण गरिएको छ । खाद्यान्नमा २५ किलोको चामलको वोरा,१ लिटर खाने तेल, १ पोका नुन,२ किलो चिउरा,१ दर्जन लुगा धुने तथा नुहाउने सावुन रहेको संस्थाका अध्यक्ष खेमराज विश्वकर्माले जानकारी दिनुभएको छ ।

Advertisement

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा दैनिकी कष्टकर भएकोले राहत वितरण गरिएको हो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाको वल्ले तथा टुनापानिमा वडा अध्यक्ष विजय विकको रोहवरमा सर्वसाधरणलाई २०० थान मास्क वितरण गरिएको थियो । त्यसैगरी संस्थाले तुलसीपुर ( ७ गैरापातुको दलित वस्तीमा ५० थान मास्क वितरण गरेको छ ।

Advertisement

सङक्रमणवाट वच्न मास्क लगाउनुका साथै सावुन पानीले हात धुने , सामाजिक दुरी कायम गर्ने आदि जस्ता सुरक्षित उपायका वारेमा जानकारी गराइएको संस्थका महासचिव पोषण सेन्चुरीले जानकारी दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस