तुलसीपुर ११ मा एक सय बढिले राहत पाउदै

चैत्र २०, २०७६  

तुलसीपुर ,२० चैत ।
तुलसीपुर उपमहानगरपालीका ११ नम्वर वडा कार्यालयले सर्वदलिय तथा टोलको सहकार्यमा कोराना भाईरसका कारण सामान्य रोजी रोटी निर्वाह गर्न समस्या उत्पन्न विपन्न वर्गहरुलाई राहत वितरणका लागी तथ्याङ्क संकलन गरेको छ ।

Advertisement

सवै टोल तथा राजनितिक दलका प्रतिनिधिहरुबाट प्राप्त नामहरु आज वसेको जनप्रतिनिधि सहितको सर्वदलिय वैठकले टुङ्गो लगाएको हो । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा वसेको वैठकले राजनितिक दलका प्रतिनिधिहरुको उपश्थितिमा विपन्न व्यक्तीहरुलाई राहत प्रदान गर्नका लागी सर्वसहमतिबाट तथ्याङ्क पारित गरेको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो ।

Advertisement

वडा सदस्य डांगीका अनुशार कुनै गुणासो तथा समस्या उत्पन्न नहोस् भन्ने उदेश्यले राजनितिक दलका प्रतिनिधि सहित छलफल गरि निर्णय गरिएको हो । वैठकपछि उक्त लगत तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गरि पठाईएको छ । वैठकको सहजिकरण वडा सचिव लक्ष्मी रानाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस