कोरोना पिडितका लागि राहत दिने मनकारी बढ्दै 

चैत्र २०, २०७६  

तुलसीपुर, २० चैत्र

Advertisement

ज्याला मजदुरी गरिखाने गरिब परिवारका लागि नगद तथा खाद्यन्न संकलन हुने क्रम जारी छ । बिहिबार रापती बबई क्याम्पस संचालक समितिका अध्यक्ष विष्णु कुमार देवकोटाले क्याम्पसको तर्फबाट तुलसीपुर मेयर विपत व्यवस्थापन कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् ।

Advertisement

त्यसैगरी तुलसीपुरकै समाजसेवी हमिद खानले पनि २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । त्यस्तै तुलसीपुर खाद्य बैंकमा युवा व्यवसायी पदम पोख्रेल (जेठु कान्छु) ले नवज्योति टोल विकास संस्थाको तर्फबाट ३ सय किलो, तुलसीपुर अनलाईन तथा तुलसीपत्र राष्ट्रिय दैनिकका संचालक हेमराज डाँगी र मनुराज शर्माले २ सय किलो, र भमके निबासी व्यवसायी गोविन्द अर्यालले २ सय किलो चामल उपलब्ध गराउने घोषणा गरेको तुलसीपुर उपमहागनरपालिकाले जानकारी दिएको छ ।

Advertisement

सहयोगी दाताहरुले घोषणा गरेको नगद तथा खाद्यन्नको बिबरण तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक संजाल आफनो फेसवुक मार्फत सार्वजनिक गरेका छन् ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण प्रभावितहरुको पहिचान गरेर राहत उपलब्ध गराउने उपमहानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस