तुलसीपुरमा भोलीदेखि मासु पसल खुल्ने

चैत्र १७, २०७६  

तुलसीपुर, १७ चैत्र

Advertisement

तुलसीपुर क्षेत्रमा ठूलो संख्यामा ब्रोइलर कुखुरा नष्ट हुने सम्भावना बढेपछि भोली देखि मासु पसल खुल्ने भएका छन् ।

Advertisement

तुलसीपुर उपमहागनरपालिका र कुखुरा व्यवसायी बिच भएको ३ बुदे सहमति अनुसार तुलसीपुरको मासु मण्डीमा रहेका १४ वटा फ्रेस हाउस संचालन ल्याउन लागिएको हो ।

Advertisement

सहमतिमा तुलसीपुर क्षेत्रमा तयारी अवस्थामा रहेका कुखुरालाई जिल्ला तथा जिल्ला बाहिर सहज ढुवानीका लागि उपमहानगरपालिकाले पहल गर्ने, कुखुरा सप्लार्यसले सहमति अनुसार किसानलाई दाना उपलब्ध गराउनुपर्नेउल्लेख छ ।

फ्रेस हाउस(ब्रोईलरको मासुपसल) बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो ४ बजेदेखि ६ बजेसम्म संचालन गर्न दिइने छ ।

छलफलमा तुलसीपुर उपमहागनरपालिका अन्र्तगत रहेको आर्थिक विकास समितिका संयोजक माधब वली, तुलसीपुर कुखुरा व्यवसायी संघका अध्यक्ष ताराप्रसाद पौडेल, उपमहानगरपालिका अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस