दंगीशरणमा ५ वेडको क्वारेनटाई स्थापना

चैत्र १७, २०७६  

दिप्तीशिखा चौधरी, दंगीशरण, १७ चैत्र

Advertisement

दंगीशरण गाउँपालिकाले ५ बेडको क्वारेन्टाईन स्थापना गरेको छ । गाउँपालिका भित्र कोरोना भाईरसको आशंका लागेका विरामीहरुलाई राख्नका लागि क्वारेन्टाईनको स्थापना गरेको हो । गाउँपालिकाले हेकुलीमा रहेको विरेन्द्र मा.वि.मा क्वारेन्टाईन स्थापना गरेको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

Advertisement

गाउँपालिकाले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट ) सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएको छ । अध्यक्ष चौधरीका अनुशार गाउँपालिकामा बस्नेहरुका लागि खाने, बस्ने र औषधि उपचारको ब्यवस्था मिलाएको छ । तत्कालका लागि ५ बेडको क्वारेनटाईन स्थापना गरेपनि समस्या परेमा थप गर्न सकिने र बेड तयार गर्नका लागि तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

Advertisement

यसैबिच नेपाल रेडक्रस सोसाईटि दाङले क्वारेन्टाइनका लागि चाहने सामग्री सहयोग गरेको छ । रेडक्रसका सभापती नारायण आचार्यले पालीकाका अध्यक्ष भागिराम चौधरीलाई त्रीपाल , कम्मल , झुल बाल्टिन लगाएत आकस्मिक स्वास्थ्य सामग्री हस्तानतरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस