युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने

चैत्र १६, २०७६  

एजेन्सी, १६ चेत्र

Advertisement

इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ ।

Advertisement

क्लबले राखेको प्रस्तावलाई पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डो सहितको खेलाडीहरुले स्वीकार गरेका छन् । खेलाडीले मार्च, अप्रिल, मे र जुन मिहनाको तलब लिने छैनन् । यसले गर्दा कोरोनाले संकटमा पुर्याएको क्लबलाई केही आर्थिक सहयोग भएको छ ।

Advertisement

खेलाडी सहित प्रशिक्षक मौरिसियो सारीले पनि तलब छाड्न सहमत भएका छन् । खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युभेन्ट्सलाई ९० मिलियन युरो राहत मिलेको छ । खेलाडी र क्लबको सहमतिसँगै रोनाल्डोले मात्रै करिब १० मिलियन युरो गुमाउने छन् ।


प्रतिक्रिया दिनुहोस