कतारबाट आएकी लक्ष्मीको रिर्पोट नेगेटीभ

चैत्र १६, २०७६  

तुलसीपुर, १६ चैत्र

Advertisement

कोरोना विशेष अस्पताल बेलझुण्डीको क्वरेन्टाइनमा बस्दै आएकी एक युवतिको रिर्पोट नेगेटीभ आएको छ ।

Advertisement

गत चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी बबई गाउँपालिका–२ ट्वाङखोला निबासी २१ बर्षकी लक्ष्मी वलीको रिर्पोट नेगेटीभ आएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिएका छन् ।

Advertisement

कोरोना भाइरसको संक्रमण भएको या नभएको पत्ता लगाउन नम्ना परीक्षणका लागि वलीको स्वाप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपतालमा पठाइएको थियो ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका मध्य लक्ष्मीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । लक्ष्मी कतारबाट गएको ४ गते नेपाल आएकी थिइन । रिर्पोट नेगेटीभ आए संगै उनलाई अस्पताले घर पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस