प्रादेशिक अस्पताल तुलसीपुरबाट महिला बेपत्ता

चैत्र १६, २०७६  

तुलसीपुर, १६ चैत्र

Advertisement

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको परिसरबाट एक महिला एकाएक वेपत्ता भएकी छन् ।

Advertisement

रोल्पाको रुन्टीगढी गाउँपाकिा–६ डुब्रिङ निबासी ४२ बर्षकी तुलसीदेवी घर्ती चैत्र १४ गते राति साढे १० बजेदेखि एकाएक सम्पर्क विहिन भएको छोरा राजेन्द्र घर्तीले जानकारी दिएका छन् ।

Advertisement

हराएकी महिलाले फोन समेत प्रयोग नगर्ने भएकाले खोजी कार्यक्रमा समस्या भएको आफन्तले जनाएका छन् ।

उनि बुहारीलाई सुरक्षीत सुत्केरी गराउन राप्ती प्रादेशिक अस्पताल तुसीपुरमा गएको चैत्र ११ गते छोरासहित आएकि थिइन ।
यसैविच परिवारजनले कतै फेला परेमा ९८६३२८९४४४ मा खबर गरिदिन आग्रह गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस