अति विपन्न परिवारलाई खाद्यन्न सहयोग

चैत्र १६, २०७६  

तुलसीपुर, १६ चैत ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको लालिगुँरास टोल विकास संस्थाले लकडाउनको समयमा अति बिपन्न तथा तुलसीपुर ११ हस्नापुर निवासी एकल महिला सिता बिकलाई तीन मुरी आठ पाथी धान दाताहरुबाट संकलन गरी हस्तान्तरण गरेको छ ।हुमबहादुर केसी, गायत्री डाँगी, डिल्लीराज रावत, टेकबहादुर केसी, दानबहादुर रावतको विशेष पहलमा दाताहरुसंग घरमै पुगेर खाद्यान्न संकलनको काम गरेको नेकपाका नेता मान बहादुर रावतले जानकारी दिएका छन् ।

Advertisement

पिडित बिकको पतिको झन्डै २५ दिन पहिले मृत्यु भएको थियो । साना तिन सन्तानलाई खाना खुवाउनको लागि घरमा अन्न पात नभएको, जग्गा जमिन नभएको ,साहारा गुमाएको, काम गर्न जादा कतै काम नपाइने समयमा तीन मुरी आठ पाथि धानले उनको बालबालिकालाई खानाको लागी सहज हुने लालिगँुरास टोल विकास संस्थाका अध्यक्ष डिल्लीराज रावतले बताए ।

Advertisement

त्यस्तै सहयोगका लागि अन्य खाद्यान्न सामाग्री संकलन भैरहेको बताइएको छ । साथै थप संकलित खाद्यान्न सामाग्री आईतवार १६ गते हस्तान्तरण गर्ने समाजसेवी हुमबहादुर केसीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस