लकडाउनको मारमा दाङका ब्रोईलर पालक किसान

चैत्र १३, २०७६  

तुलसीपुर, १३ चैत ।

Advertisement

 

Advertisement

लकडाउनका कारण जिल्लाका बोईलर कुखुरा पालन किसान मर्काका परेका छन् ।लकडाउनका कारण बोईलर कुखुराका लागी आबश्यक पर्ने दाना नहुदा किसानहरु मर्कामा परेका छन् ।

Advertisement

त्यस्तैगरी किसानहरुले उत्पादन गरेका बोईलर कुखुरा विक्रि गर्ने तयारी अवस्थामा भएपनि विक्रि नहुदा आफुहरु झनै समस्यामा परेको किसानहरुले बताएका छन् ।

यता किसान सरोकार मन्च दाङका निवर्तमान अध्यक्ष विष्णु न्यौपानेले दाना ढुवानीमा समस्या नभएको बताएका छन् । उनका अनुसार दाना व्यवसायीहरुले नगद दिए मात्रै दाना उपलब्ध गराउने बताएपछि अहिले समस्या उत्पन्न भएको दावी गरेका छन् ।

किसानहरु संग स्टक दाना नहुनु र दाना व्यवसायीहरुले विगतमा जस्तो उधारो दाना नदिने बताए पछि आफुहरु समस्या परेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस