तुलसीपुरमा भेटिएको रातेलाई राप्ती शान्ति उद्यानमा लगियो

तुलसीपुर, १२ चैत्र

दाङको तुलसीपुरमा भेटिएको जंगली जनाबर राते (रतुवा) लाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले राप्ती शान्ति उद्यानमा पठाएको छ ।

प्रहरीले वन कार्यालयसंगको सहकार्यमा शान्ति उद्यानमा पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

राप्ती शान्ति उद्यानमा मिनी चिडियाखानाको स्थापना गरिएकाले सुरक्षीतका लागि त्यहाँ पठाएको प्रनि शर्माले बताए ।

जंगलबाट चर्दै तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँमा आईपुगेको रातेलाई स्थानीयले छोपेर प्रहरीलाई खबर गरेका थिए । केहिदिन अघि मात्रै राप्ती शान्ति उद्यानको चिडियाखानाबाट बाघ छुटेर भागेको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया