चैत्र ५ गतेसम्म परिक्षा सम्पन्न गर्न गाउँपालिकाको निर्देशन

फागुन २३, २०७६  

निराश पान्डे

Advertisement

शानिनगर, २३  फागुन  /  शान्तिनगर गाउँ पालिकाले  फागुन २८ देखि चैत्र ५ गते सम्म गाउँ पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्था गत बिद्यालयहरु लाई परिक्षा संचालन गर्न गाउँ पालिकाले निर्देशन गरेको छ ।

Advertisement

बिहिवार गाउँ पालिका शिक्षा समिती का अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा बसेको बैठक ले उक्त निर्णय गरेको हो।

Advertisement

बिस्वभर कोरोना भाइरसकोजोखिमको आवस्यक सतर्कता अपनाउनु पर्ने भएकाले बिद्यालय हरुले कक्षा १ देखि ९ सम्म उक्त मितिमा परिक्षा संचालन गर्नु पर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस