विप्लव निकट विद्यार्थी संगठनद्धारा आज शैक्षिक आम हड्ताल

फागुन १४, २०७६  

तुलसीपुर,१४ फागुन ।

Advertisement

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आम शैक्षिक हड्तालको घोषणा गरेको गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार नै गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै आजे आम शैक्षिक हड्तालको घोषणा गरेको अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसीद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

‘जनपक्षीय एजेण्डा सहित २५ औं महान जनयुद्ध दिवस अवसरमा यहि फागुन १ गते काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जादै गर्दा हाम्रो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र सांगठानिक कामको शिलशिलामा हिडिरहेको अवस्थामा फागुन ५ गने संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क.लगाएत संगठनका नेता,कार्यकर्ता, समर्थक ,शुभचिन्तकहरुलाई बिनाकारण सरकारको अपहरण शैलीमा गिरफ्तार गरी झुठ्ठा मुद्धा लगाउँदै जेल, हिरासतमा राखेको हुदा रिहाईको माग गर्न र  सरकारले विद्यार्थीहरु माथि देखाई रहेको प्रवृत्ति विरुद्ध केन्द्रीय समितिले भोली देशब्यापी शैक्षिक हड्ताल कार्यक्रम घोषणा गरेको हो ।

Advertisement

यसैक्रममा दाङ जिल्लामा पनि सबै शैक्षिक संस्थाहरु सञ्चालन नगरी सहयोग गरिदिनुहुन विद्यार्थी, अभिभावक, शिक्षकहरु लगाएत शैक्षिक क्षेत्रमा सरोकार राख्ने सबै सरोकारवाला निकायलाई हार्दिै विनम्र अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ । यसैविच आम हड्तालका कारण विहानी सत्रमा चल्ने तुलसीपुर क्षेत्रका शैक्षिक संस्था बन्द रहेको पाईएको छ ।


प्रतिक्रिया दिनुहोस