सक्सेस र युएनबिसी सेमीफाइनलमा

दाङ, ११ फागुन ।

घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीतामा सक्सेस क्लब तुलसीपुर र युएनबिसी घोराही सेमीफाइनलमा प्रबेश गरेका छन् । आइतबार भएका क्वाटरफाइनल खेलबाट दुबै टीम सेमीफाइनलमा प्रबेश गरेका हुन् । रतनपुर ११ लाई टाईब्रेकरमा हराउँदै सक्सेस सेमीफाइनल पुगेको हो । निर्धारित समयमा रतनपुर ११ का रुपक शाहीले २ र सक्सेसका बिनोद केसी र कृष्ण रानाभाटले १÷१ गोल भएपछि खेल टाईब्रेकरबाट छिनोफानो गरिएको हो ।

सक्सेसले रतनपुरलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले हराएको हो । यस्तै क्वाटर फाईनल अन्तर्गतको तेश्रो खेलबाट युएनबिसी सेमीफाइनल प्रबेश गरेको छ । युएनबिसीले राप्ती क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रबेश गरेको हो ।

खेलको पहिलो हाफको ३६ औँ मिनेटमा राप्ती क्लबका अमित चौधरीले गोल गर्दै अग्रता बनाएका थिए । खेलको दोस्रो हाफको २८ मिनेटमा सबिन वलीले पेनाल्टी मार्फत् पहिलो गोल तथा ईञ्चुरी समयमा तिलक मगरले थप गोल गर्दै युएनबिसीलाई बिजयी बनाएका हुन् ।

यसअघि शनिबार भएको खेलबाट बडहरा युबा क्लब सेमीफाइनल पुगी सकेको छ । सोमबार हुने अन्तिम क्वाटरफाइनल खेलमा नवलपुर फुटबल एकाडेमी र मेगा युथ क्लबबीच प्रतिष्पर्धा हुने छ । नेपाल मगर संघ दाङको आयोजनामा खेल भईरहेको छ ।

प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया, शिल्ड, तथा प्रमाण प्राप्त गर्ने छ । त्यसैगरी उपबिजेताले ५५ हजार पाँच सय ५५ रुपैया, शिल्ड, प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया