नेकपा कपुरकोट गाउंकमिटिद्धारा सपथ ग्रहण

दाङ , १० फागुन ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)कपुरकोट गाउंपालिका कमिटिका सदस्यहरुले शनिवार सपथ ग्रहण गरेका छन् । नेकपा सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले सदस्यहरुलाइ सपथ ग्रहण गराएका हुन् । नेकपा कपुरकोट गाउंपालिका कमिटिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले नेकपाका नेता तथा कार्यकर्ता सधै जनताको सुखःदुखमा हुनु पर्नेमा जोड दिएका छन् । जनताले बिकास निर्माणका लागि नेकपालाई आशा गरेकाले जनताको आशा पुरा गर्न नेता कार्यकर्ता सधै लागि पर्नु पर्ने बक्ताहरुको भनाइ थियो ।

नेकपा कपुरकोट गाउंपालिका कमिटिका सचिब तिर्थराज बस्नेतले सञ्चालन गरेको कार्यक्रममा नेकपा कर्णाली प्रदेशका इञ्चार्ज प्रकाश ज्वाला,सल्यान जिल्ला इञ्चार्ज टेक बहादुर बस्नेत,सह इञ्चार्ज गुलाबजंग शाह,नेकपा कर्णाली प्रदेशका सदस्यहरु भिम बहादुर सेन,भद्रसिंह बुढा,तिलक मल्ल,सल्यान सचिब कर्ण बहादुर बुढाथोकी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया