बलात्कार आरोप लागेका शमिर वली पक्राउ

फागुन ०४, २०७६  

तुलसीपुर, ४ फागुन

Advertisement

जबरजस्ती करणी गरेको अभियोगमा फरार रहेका तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

Advertisement

जबरजस्तीकरणी गरेको भन्दै वली विरुद्ध मुद्दा दर्ता भए लगत्तै भागेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । आरोपीलाई आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

Advertisement

वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफुसंगै राखेर यौन शोषणपछि कुटपीट गरेर घर निकाला गरेपछि वली विरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता भएको थियो । वली विरुद्ध गएको पुष महिनामा  ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस