संसद्मा प्रधानमन्त्री ओलीको सम्वोधन, सरकार उपलब्धि हाँसिल गर्ने चरणमा रहेको दावी

फागुन ०३, २०७६  

काठमाडौ, ३ फागुन ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अब उपलब्धि हाँसिल गर्ने चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिलाई संस्थागत गर्न लागिएको टिप्पणी गरे । तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको उल्लेख गर्दै उनले ६.५ आथिक वृद्धिदर रहेको र कूल आम्दानी १८ प्रतिशतभन्दा माथि पुगेको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताए । हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासन प्रणाली अहिलेको शासन प्रणाली नभएको दावी गरे ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुदै आएको बताए । आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा राखे । ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारबाहीपछि सुन तस्करी तहसनहस भएको दावी गरे । प्रधानमन्त्रीको सम्वोधनपछि सत्ताधारी बाहेका २४ जना सांसद्ले उनलाई प्रश्न गरेका थिए ।


प्रतिक्रिया दिनुहोस