वुहानका नेपाली ल्याउन निगमको विमान उड्यो

फागुन ०३, २०७६  

काठमाडौ, ३ फागुन ।

Advertisement

चीनमा रहेका नेपाली ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । शनिवार उडेको विमान आईतवार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।शुक्रवार क्वारेन्टाइनमा कसरी राख्ने भन्ने बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।

Advertisement

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक दलका सदस्यलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने तयारी छ ।


प्रतिक्रिया दिनुहोस