हाफ म्याराथनको उपाधि भण्डारीको पोल्टामा

फागुन ०३, २०७६  

काठमाडौ , ३ माघ

Advertisement

प्रधानसेनापति कप महिलातर्फको हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । उनले यसपटक हाफ म्याराथनमा राष्ट्रिय किर्तिमान समेत कायम गरिन् ।

Advertisement

यसअघि उनले फुल म्याराथनमा समेत राष्ट्रिय किर्तिमान रचेकी थिइन ।

Advertisement

पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डको समय सहित दोस्रो स्थान हासिल गर्दा आर्मीकी विश्वरुपा बुढाले १ घण्टा २० मिनेट २२ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनतर्फ विजेता, उपविजेता र तेस्रोले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस