तेस्रो अध्यक्ष कपको तयारी तिब्र

फागुन ०३, २०७६  

निराश पाण्डे

Advertisement

शान्तिनगर ३ फागुन / शान्तिनगर गाउँपालिकाले अध्यक्षकप खेलकुद प्रतियोगितालाई यस चोटी पनि निरन्तरता दिएकोछ । फागुन ७ गते देखि हुन लागेको तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शान्तिनगर ३ को पातेटाकुरामा हुन लागेको छ ।

Advertisement

शान्तिनगर गाउँपालिका काअध्यक्ष कमानसिँह डाँगीको अध्यक्षतामा बसेको बैठकले खेल कार्यक्रमहरु सार्बजनिक गरेको छ ।

Advertisement

जस अन्तरगत वडा स्तरीय फुटबल, भलिबल, क्रिकेट, कुर्सि दौड महीला, घैटोफोड र सटफुड हुने भएकोछ । त्यसै गरी बिद्यालय तर्फ ९ देखि १० सम्मको हाजीरी जवाफ, आधारभुत तर्फ १ देखि ५ सम्म लोक नृत्य र ६ देखि ८ सम्म गणित दौड प्रतियोगिता हस ने जनाइएको छ ।

त्यसै गरी वडा स्तरीय लोक दोहोरी प्रतियोगिता र गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी र शिक्षक बिच भलिबल प्रतियोगिता हुने तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिताका सँयोजक बुद्धिराम तिवारीले जनाएका छन । खेलकुदलाइ भब्य र सब्य रुपमा सफल बनाउन गाउँपालिकाले सबैमा अनुरोध समेत गरेकोछ ।

 


प्रतिक्रिया दिनुहोस