योग शिविर सञ्चालनका लागि भेटघाट

फागुन ०३, २०७६  

काठमाडौ ,

Advertisement

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र पतन्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णका विचमा काठमाडौमा भेट भएको छ । तुलसीपुरमा वृहत योग शिविर सञ्चालनका लागि पतञ्जली योग पिठले पछिल्लो समय चासो दिएको कुराका वारेमा भेटमा छलफल भएको हो ।

Advertisement

योगगुरु रामदेवको उपस्थितिमा वृहत योग शिविर सञ्चालनका लागि पछिल्लो समय उपमहानगरपालिकाले काम अगाडि वढाएको छ ।
भेटका क्रममा तुलसीपुरलाई योगको सहरका रुपमा विकास गर्नुका साथै वैदिक कृषि तथा जटिवुटी खेती प्रवद्र्धन गर्ने, उद्योग स्थापना गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

Advertisement

नगर प्रमुख पाण्डेले जटिवुटी खेतिका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत वताएका थिए । उनले तुलसीपुरमा सञ्चालन हुने योग विज्ञान शिविरलाई भव्य वनाउनका लागि उपमहानगरपालिका तयार रहेको समेत जानकारी गराए । सो अवसरमा पतञ्जली योगपिठ नेपालका शालिग्राम सिंह र लवदेव मिश्रको समेत उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस